नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्शबीच सहकार्य हुने भएको छ । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ ।
देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासको सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन–डाउन गरेका कारण अहिले भन्सार जाँचपासका काम ठप्प भएका हुन् ।
सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई गैरबैंकिङ सम्पत्ति बेच्न बाटो खुलेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर हदबन्दीभन्दा बढी सम्पत्ति बेच्न बैंक तथा वित्तीय संस्थाहरुलाई बाटो खोलिदिएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ४० अर्ब रूपैयाँ तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो ।
लगानी बोर्डको ६७औं बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास गत साउन देखि असोजसम्ममा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ ।
अब घरजग्गा कारोबार गर्नकालागि अनिवार्य रूपमा ३ करोड रूपैयाँ भन्दा माथिको कम्पनी हुनुपर्ने भएको छ । सरकारले कम्पनीमार्फत गर्नुपर्ने घरजग्गा कारोबारका लागि नयाँ सीमा तोकेको हो ।
नेपालको कुल विदेशी विनिमय सञ्चिति निरन्तर बढेर २८ खर्ब ८१ अर्ब भन्दा बढी भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको छ ।
अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवद्र्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले
अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती भए त्यसको जानकारी आफूलाई गराउन आग्रह गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष दसैंका लागि खसी–बोका र च्यांग्रा नबेच्ने भएको छ ।
अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेशको विपरीत हुनेगरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न÷नगराउन निर्देशन दिएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले विभिन्न
सरकारले अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न मिल्ने व्यवस्था गरेको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई आवद्ध गरेको हो ।
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।
नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफल र भेटघाटमा कर छुट र कर्जामा सहुलियत मागेका व्यवसायीलाई ‘एकीकृत पुनरुत्थान योजना’मा सहकार्य गरिने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्यांग्राको अनलाइन बुकिङ खुला गरेको छ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ४/४ रूपैयाँले घटाएको छ । हाललाई पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात साउनमा हालसम्मकै उच्च विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
सञ्चालनमा नआउँदै सरकारले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग प्रवेश गर्ने सवारी साधनहरूलाई उपभोग गरेबापत बुझाउनुपर्ने दस्तुर तोकेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । ढकाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बोर्ड सदस्यका रूपमा मनोनयन गरी पठाएका हुन् ।