logo

सर्वोच्चको आदेश विपरीत हुनेगरी शरद ओझालाई प्राधिकरणमा हाजिर नगराउन अर्थको निर्देशन

    771   पटक पढिएको

४ असोज / अर्थ र व्यापार- अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेशको विपरीत हुनेगरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न÷नगराउन निर्देशन दिएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले विभिन्न आरोप लगाउँदै ओझालाई प्राधिकरणको अध्यक्षबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध ओझा सर्वोच्चमा गएका थिए । २३ भदौमा ओझाको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले ओझालाई काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतको सोही आदेशको पत्रसहित ओझाले गत मंगलबार (३१ भदौ) प्राधिकरण पुगेर हाजिर गरेका थिए । तर २ असोजमा अर्थ मन्त्रालयले प्राधिकरणलाई लिखित पत्र काटेरै ओझालाई के कसरी हाजिर गर्न दिइएको हो कारणसहित लेखि पठाउनू भन्दै निर्देशन दिएको छ । साथै पत्रमा ओझालाई पुनर्वहाली गराउने सम्बन्धमा कुनै निर्णय नभएकोले हाजिर नगर्न÷नगराउन निर्देशन दिइएको छ ।
एमाले–कांग्रेस गठबन्धन सरकारले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर ओझासँग बीमा प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको भन्दै उजुरी परेको थियो । त्यसपछि ओझाको योग्यता विवादबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनलाई सरकारले पदमुक्त गरेको थियो । त्यसपछि ओझाले सर्वोच्च गुहारेका थिए । सर्वोच्चले उनलाई काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।