logo

पाँच महिनामै सवा खर्ब सार्वजनिक ऋण थपियो

डलरको भाउ बढेपछि सरकारलाई ७७ अर्ब दायित्व बढ्यो

    989   पटक पढिएको



९ पुस/अर्थ र व्यापार – चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको हो ।
जबकी चालु आवको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ सार्वजनिक ऋण थियो भने हाल २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । सो ऋण कुल ग्राहस्थ्य उत्पादनको ४५.६८ प्रतिशत हुन आउँछ । त्यसमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ र बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा डलरको मूल्यमा आएको वृद्धिले पनि ऋणको दायित्व थप भएको छ । तथ्यांक अनुसार डलरमा आएको वृद्धिले ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ दायित्व थपिएको छ ।
मंसिरमा मात्रै यस्तो दायित्व ३३ अर्ब ४४ करोड २७ लाख रुपैयाँले थपिएको छ । गत कात्तिक मसान्तसम्म डलरको मूल्यमा आएको वृद्धिले थपिएको ऋणको दायित्वको ४४ अर्ब २२ करोड ५८ लाख रुपैयाँ थियो । मंसिर मसान्तसम्म आउँदा त्यो ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ पुगेको हो । यस विदेशी ऋणतर्फ थपिएको दायित्व हो ।
विदेशी ऋण डलरमा भुक्तानी गर्नुपर्छ । पछिल्लो समय डलरको मूल्य बढ्दै आएपछि विदेशी ऋणको दायित्व पनि थपिएको हो ।

समीक्षा अवधिमा सरकारले एक खर्ब ७५ अर्ब १२ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ । जुन वार्षिक लक्ष्यको २९.४० प्रतिशत हो । सरकारले यो वर्ष ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । त्यसअनुसार अब ४ खर्ब २० अर्ब ५४ करोड रुपैयाँ ऋण उठाउन बाँकी छ ।
समीक्षा अवधिमा सरकारले आन्तरिक तर्फ वार्षिक लक्ष्यको ४०.७९ प्रतिशत अर्थात् १ खर्ब ४७ अर्ब ऋण उठाएको छ । यो वर्ष सरकारले ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण प्राप्त गर्ने लक्ष्य राखेको छ । यसमा अब २ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ ऋण उठाउन बाँकी रहेको तथ्यांकले जनाएको छ ।

त्यस्तै, बाह्य ऋण परिचालनमा भने सरकार कमजोर देखिएको छ । यो वर्ष २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ । जसमा हालसम्म २७ अर्ब ४५ करोड रुपैयाँ मात्रै बाह्य ऋण प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ११.७५ प्रतिशत मात्रै हो । सरकारले अझै २ खर्ब ६ अर्ब २० करोड रुपैयाँ बाह्य ऋण प्राप्ति गर्न बाँकी रहेको छ ।
चालु बजेटमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये वर्षका पाँच महिनासम्ममा एक खर्ब ६७ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । तथ्यांक अनुसार आन्तरिक ऋणमध्ये मंसिरसम्ममा एक खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।