logo

क्वारेन्टाइनमा कडाइ गरेपछि भारतबाट आउने केराको आयात घट्यो

बजार भाउ बढ्यो

    181   पटक पढिएको




११ फागुन/अर्थ र व्यापार– सरकारले ‘क्वारेन्टाइन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेको छ । जसका कारण बजार भाउ अत्यधिक बढेपछि उपभोक्ता थप मारमा परेका छन् ।
भारतीय केरा बजारमा नआएपछि अहिले स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले समाधान भएको बताए ।
चितवन केरा उत्पादक संघका अध्यक्ष महतोका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो ।
अहिले जिनाइन केरा प्रति कोसा ३ रुपैयाँले बिक्री भइरहेको उनले जानकारी दिए ।
गत दसैँ, तिहार, छठपर्व लगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भएपनि अहिले भने बिक्री बढेको उनले बताए ।
चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उनले जानकारी दिए । सो केरा अहिले घरीको ६०० रुपैयाँमा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा स्थानीय किसानले राहत पाएको संघको भनाइ छ ।
नेपाल केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्तले पनि सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा भारतबाट आयातित केरा आउने क्रम रोकिएको बताए । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको उनको भनाई छ ।
हाल नेपालमा टीआर फोर नामक रोग केरामा देखिएपछि क्वारेन्टाइनमा कडाइ गर्न थालेको सो संघले जनाएको छ ।
गत २ मंसिरेदेखि आयातित केरामा क्वारेन्टाइनमा कडाइ गर्न थालिएको उनले जानकारी दिए । क्वारेन्टाइनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दसैं र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले ६० करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु परेको उनले जानकारी दिए ।

अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ, यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्ने उनको भनाई छ ।
उनले जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको बताए । नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उनले यस विषयमा सरोकारवालाहरूलाई अनुगमन गर्न अनुरोध गरे ।
हाल मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएको जानकारी आएकाले यसका लागि अनुगमन जरुरी रहेको संघले जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताए ।
उनका अनुसार हाल जिल्लामा २ हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।
राज्यले क्वारेन्टाइनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको जानकारी गराउँदै उनले यहाँ उत्पादित केरा चितवनसहित काठमाडौं, पोखरा, भैरहवा लगायत मुख्य सहरहरूमा जाने गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।