logo

चाडपर्वमा उपभोग्य वस्तुमा एमआरपी र मूल्यसूची अनिवार्य राख्न निर्देशन

    540   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको छ ।
विभागले नियमित बजार अनुगमनका क्रममा धेरैजसो सामानहरूमा एमआरपी र मूल्यसूची नराखेको पाइएको भन्दै यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार विशेषगरी तिहारको समयमा अत्यधिक खपत हुने भाइ मसला, तामा–चाँदीका भाँडाकुँडा, झिलिमिली बनाउने विद्युतीय सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा एमआरपी लेबल वा मूल्य सूची नराखिएको पाइएको छ ।
बजारमा देखिएको यस्तो अवस्थाले चाडपर्वका उपभोक्ताहरू ठगिन सक्ने र बजारमा मूल्य अनियमितता बढ्ने जोखिम रहने विभागको भनाइ छ । विभागले चाडपर्वको अवधिमा माग र आपूर्तिबीच सन्तुलन कायम राख्दै मूल्य स्थिरता कायम गर्न लागिपरेको बताएको छ । यस प्रयासमा व्यापारिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी संघ–संगठन तथा स्वयं उपभोक्ताहरूको सक्रिय भूमिका अपरिहार्य रहेको विभागले जोड दिएको छ ।
यसैगरी, विभागले उपभोक्तालाई पनि सचेत भई खरिद गर्न विभागले आग्रह गरेको छ । कुनै पनि वस्तु खरिद गर्नुअघि त्यसको अधिकतम खुद्रा बिक्री मूल्य लेबलमा भए–नभएको वा मूल्य सूची स्पष्ट राखिएको भए–नभएको यकिन गरेर मात्र खरिद गर्न स्मरण गराइएको छ ।
यदि बजारमा कुनै गुनासो वा मूल्य अनियमितता पाइएमा उपभोक्ताले विभागको टोल फ्री नम्बर ११३९ मा सिधै सम्पर्क गरी जानकारी गराउन सक्ने व्यवस्था मिलाईएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।