अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा पुगेको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको भाउ प्रतिडलर १४ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा भएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुर्नबीमा कम्पनीको बुझाई नै नभएको पाईएको बताएका छन् ।
सरकारले बाढी पहिरोसँग जुध्नका लागि विश्व बैंकसँग २० अर्ब रुपैयाँ ऋण लिएको छ । बाढी पहिरोको विपदसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौता अमेरिकामा गरिएको हो ।
हाल देशको अर्थतन्त्र खस्किँदै गएको भन्दै यसलाई सुधार गर्न नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विविध सुझाव पेश गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने बताएका छन् ।
विश्व बैंकले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोफी ड्र–डाउन) अन्तर्गत १५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा करिब ४ खर्ब व्यापार घाटा भएको छ । यो अवधीमा आयात/निर्यातसँगै व्यापार घाटा पनि घटेको छ ।
सरकारले घाटामा सञ्चालित एवं रुग्ण ८ वटा सार्वजनिक संस्थानहरु निजीकरण गर्ने प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले घाटामा सञ्चालित एवं रुग्ण अवस्थामा रहेका विभिन्न ८ वटा सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रको कार्यप्रगति सार्वजनिक गरेको छ । जसमा अर्थ मन्त्रालयले वर्तमान सरकार गठन भएपछि निजी क्षेत्रको आत्मविश्वास बढेको दाबी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंमा करिब ४ करोड ३७ लाख रुपैयाँ बराबरको खसीबोका र च्यांग्रा बेचेको छ ।
अहिले सुनको मूल्यले एकपछि अर्को गर्दै दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ ।
कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् ।
यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३७ दशमलब १३ अंकले बढेर २६ सय ९० दशमलब ७२ बिन्दुमा पुगेको छ ।
केहीदिन अघिको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोले बीमा कम्पनीमा ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बढीको बीमा दाबी पर्ने आंकलन गरिएको छ ।
दसैकालागि अहिले काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।
श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।
चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । अघिल्लो आव (सन् २०२४) मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ ।
वर्षाका कारण संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महंगी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेतभई प्रभावकारीरुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा रेमिट्यान्स आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा निकै सुधार देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समिति सदस्यमा प्रवलजंग पाण्डे लगायत पाँचजना उद्योगी मनोनित भएका छन्। महासंघमा बसेको कार्यसमिति बैठकले स्थायी समितिमा मनोनितको निर्णय गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी २५ मंसिरमा विशेष साधारणसभाको मिति तय गरेको छ । महासंघको विधान संशोधनका लागि बुधबार बसेको कार्यसमिति बैंठकले आगामी २५ मंसिरमा विशेष साधारणसभा बोलाएको हो ।
निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको अहिलेसम्मकै ठूलो २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाका प्रवर्धकलाई वित्तीय स्रोत सुनिश्चित गर्न मुस्किल परेको छ।