logo

सरकारले विश्व बैंकसँग लियो २० अर्ब ऋण

    512   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार – सरकारले बाढी पहिरोसँग जुध्नका लागि विश्व बैंकसँग २० अर्ब रुपैयाँ ऋण लिएको छ । बाढी पहिरोको विपदसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौता अमेरिकामा गरिएको हो ।
विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै भएको थियो ।
ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंकका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका थिए । गत ११ र १२ असोजमा गएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो । यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको बताइएको छ ।
नेपाल सरकार र विश्व बैंकले नेपालमा प्राकृतिक वा जलवायु–प्रेरित खतरा वा स्वास्थ्य आपतकालिन अवस्थामा उपयोग गर्न सकिने गरी आकस्मिक वित्तपोषणका सम्झौता गरिएको विश्व बैंकले जनाएको छ ।
विपद् प्रतिरोधात्मक क्षमता बढाउन र प्रभावकारी विपद् प्रतिक्रियाका लागि संस्थागत संयन्त्रहरूलाई सुदृढ गर्न नीति र नियामक सुधारहरूका लागि सो ऋण सम्झौता भएको भनाइ अर्थ मन्त्रालयको रहेको छ ।
सरकारलाई प्रारम्भिक चेतावनी सञ्चार सुधार गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिहरू, संस्थाहरू र नियामक ढाँचाहरू निर्माण गर्न र महत्त्वपूर्ण पूर्वाधारहरूमा जोखिम–सूचनायुक्त लगानी, साथै सार्वजनिक स्वास्थ्य आपतकालिनहरूको लागि तयारी बढाउन मद्दत गर्ने पनि बताइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका लागि उपाध्यक्ष मार्टिन रेसरको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतालाई क्याट डिडिओको नाम दिइएको छ ।
क्याट डीडीओ नेपालका लागि महत्त्वपूर्ण रहेको र यसले आकस्मिक वित्तपोषण प्रदान गरेर जलवायु सम्बन्धी साथै अन्य प्राकृतिक प्रकोप र स्वास्थ्य सम्बन्धी संकटहरूलाई सम्बोधन गर्न मद्दत पुग्ने दावी गरिएको छ ।
यसले विशेष गरी वित्तीय दबाबको समयमा महत्वपूर्ण हुने तत्काल र लचिलो तरलता उपलब्ध गराई मुलुकको संकट तयारी, रोकथाम र प्रतिकार्यलाई अभिवृद्धि गर्ने अर्थ मन्त्रालयका सचिव  घिमिरेले बताए । सरकारको खर्च सञ्चालनको लागि पर्याप्त बजेट नभएपछि सरकारले सार्वजनिक ऋणको आकार वृद्धि गर्दै लैजाने लक्ष्य राखेको छ ।
सार्वजनिक ऋणमा भर पर्नुपर्ने अवस्थाका कारण आगामी आर्थिक वर्षमा सार्वजनिक ऋण सात दशमलव ३१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको हो ।

सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण लिने लक्ष्य राखेको छ । जसमा आन्तरिक ऋण तीन खर्ब ३० अर्ब रुपैयाँ र बाह्य ऋण दुई खर्ब १७ अर्ब रुपैयाँ छ ।
सरकारले आगामी आर्थिक वर्ष (२०८२/८३)मा पाँच खर्ब ८७ अर्ब रुपैयाँ लिने लक्ष्य निर्धारण गरेको छ । जसमा बाह्य ऋण दुई खर्ब ५२ अर्ब रुपैयाँ र आन्तरिक ऋण तीन खर्ब ३५ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोजसम्म सरकारले एक खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । जसमा आन्तरिक ऋणतर्फ एक खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
गत असारसम्म सार्वजनिक ऋण कुल २४ खर्ब ३४ अर्ब ९ करोड रहेकोमा ८८ अर्ब ९३ करोड वृद्धि भइ अहिले २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।