logo

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

    1153   पटक पढिएको

१६ पुष/अर्थ र व्यापार- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवादमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

‘सरकारले विभिन्न क्षेत्रमा सुधारका काम गरे पनि निजी क्षेत्रको संरक्षणको विषय भने अझै राम्रो भएको छैन । निजी क्षेत्रले निर्वाधरुपमा काम गर्न सक्ने, ढुक्क भएर लगानी गर्ने वातावरण अझै भएको छैन,’ अध्यक्ष ढकालले भने, ‘प्रदर्शनका नाममा गलत गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहिनता मौलाउने हो कि भन्ने अवस्था अझै बनेको छ ।’

जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते अराजकता मच्चाउनेहरुमाथि कारबाही नभएको भन्दै अध्यक्ष ढकालले यसले निजी क्षेत्र दण्डहिनता मौलाउने त्रासमा रहेको बताए । निजी क्षेत्रमाथि गरिएको आक्रमण र आगजनीले लगानीको वातावरणमा असर पुराएको बताएका ढकालले यसले रोजगारी सिर्जना र मुलुकको समृद्धिको यात्रामा असर गर्ने बताए ।

‘निजी क्षेत्र अझै पनि आन्दोलनका नाममा निसानामा पर्दैनन् भन्ने प्रत्याभूति सरकारले दिलाउन सकेको छैन,’ अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्र अहिलेको जस्तो कमजोर र न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिए ।’ उनले, व्यापार, व्यवसाय र उद्योग सञ्चालन गर्न चाहनेलाई सबै राजनीतिक दल तथा सरकारले राम्रो वातावरण दिन आवश्यक रहेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।