logo

‘एकीकृत पुनरुत्थान योजना’ मा कर छुट र कर्जामा सहुलियत मागेका निजी क्षेत्रसँग सहकार्य गरिने

    652   पटक पढिएको


१ असोज/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफल र भेटघाटमा कर छुट र कर्जामा सहुलियत मागेका व्यवसायीलाई ‘एकीकृत पुनरुत्थान योजना’मा सहकार्य गरिने बताएका छन् ।
निजी क्षेत्रसँग सहकार्य गर्नकैलागि अर्थमन्त्री खनालन जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा गत २४ भदौमा भएको देशभर आगजनी र तोडफोडको अवलोकनका लागि क्षतिग्रस्त भवनहरूमा पुगेका थिए ।
अर्थमन्त्री खनाल अर्थमन्त्रालयबाट निस्किएर थापाथलीका गाडी शोरुम, भाटभटेनी, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण दैनिकको कार्यालयमा पनि पुगेका थिए । यसैगरी, उनले ट्राफिक प्रहरी कार्यालयको क्षतिग्रस्त संरचनाको समेत अवलोकन गरेका थिए ।
उनले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए । सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुप समेतका उद्योगी–व्यवसायी सहभागी थिए ।
छलफलको क्रममा अर्थमन्त्री खनालले उद्योग व्यवसायीको समस्या सरकारको समेत समस्या भएको बताए । उनले यसबाट बाहिर निस्कन सरकारले एकीकृत व्यवसाय पुनरुत्थान योजना ल्याउन लागेको समेत जानकारीे दिए । कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको उनको भनाई थियो ।
एकीकृत व्यवसाय पुनरुत्थान योजना बनाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्रबैंक सम्मिलित कार्यदल नै अर्थमन्त्रीले बनाइदिएका छन् । दुई दिनभित्र योजना बनाइसक्ने जिम्मेवारी सो कार्यदललाई दिइएको अर्थ अमन्त्रालयले जनाएको छ ।
सो कार्यदलमा अर्थ मन्त्रालयका तर्फबाट सहसचिवहरु उत्तरकुमार खत्री र धनीराम शर्मा छन् भने राष्ट्रबैंकका तर्फबाट कार्यकारी निर्देशकहरु गुरुप्रसाद पौडेल र किरण पण्डित सदस्य रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
उनले आगामी दिनमा निजी क्षेत्र तथा नागरिकले सरकरको मुहार सार्वजनिक सेवा प्रदान गर्ने बिन्दुबाट अनुभूति गर्नसक्ने गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई निर्देशन दिइएको जानकारी दिए । आन्दोलनका क्रममा भएको क्षतिको आकलन गरी पुनर्निर्माणका लागि सरकारले कोष समेत खडा गरिसकेको बताएको छ ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको अवलोकन गर्ने क्रममा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग पनि अर्थमन्त्री खनाल केही बेर बसेका थिए । अर्थमन्त्रीसँग भएको छलफलको क्रममा अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
निजी क्षेत्र आफैंले पनि क्षति बेहोरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो अवस्थामा आफुहरू पनि उठ्दै र सरकारलाई समेत सघाउँदै सहकार्य गर्न तयार रहेको बताए ।
महासंघका अध्यक्ष ढकालले अर्थमन्त्री खनाललाई अर्थतन्त्र पुनस्र्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न सुझाए ।
उनले राजस्व बुझाउने समय थपेर जरिबाना र दण्ड हटाउने व्यवस्था गर्न पनि सुझाव दिए । आन्दोलनमा आगजनी र तोडफोडबाट क्षति पुगेको केही गाडीको शोरुम अवलोकन गरेका अर्थमन्त्री खनाललाई महासंघले गत २५ भदौसम्म बुझाउनुपर्ने राजस्व विवरणको समय थपिदिन माग गरेको थियो । सोही माग बमोजिम अर्थमन्त्री खनालले मंगलबार एक महिना थप गर्ने मन्त्रीस्तरिय निर्णय गरेको जानकारी दिए ।
छलफलको क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट पनि पुनरुत्थानमा सहयोग उपलब्ध गराउन सक्ने सुझाव दिए ।
निजी क्षेत्रका प्रतिनिधिले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको, तर यसै पनि तयारी नरहेको अवस्थामा भएको क्षतिले समस्या उत्पन्न हुनसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।
यस्तै समस्या भोगेको बंगलादेशले विशेषगरी व्यापार सुविधाबाट बञ्चित हुने हुँदा स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको उनीहरूको भनाइ थियो । नेपालले पनि अहिले नै यसबारे निर्णय नगरे ढिला हुने सुझाव निजी क्षेत्रको छ ।
छलफलको क्रममा आन्दोलनबाट प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि निजी क्षेत्रका विभिन्न संस्थाहरूको माग छ ।
युवा पुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको अध्यक्ष ढकालले बताए । सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न समेत उनले माग गरे ।
मूल्य अभिवृद्धि कर दर घटाउने वा उपभोग्य वस्तुमा न्यून दर लागु गर्ने, भारतीय पर्यटक आकर्षित गर्न विशेष प्याकेज घोषणा गर्नु उपयुक्त हुने अध्यक्ष ढकालको सुझाव छ ।
कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जा आवश्यक छ साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने उनले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वर्तमान परिस्थितिमा व्यवसायीको आत्मविश्वास मजवुत बनाउँदै पुनरुत्थानमा जुट्नु पर्ने र त्यसको लागि आफूहरू तयार रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहको चर्चा गर्दै व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नु पर्ने आवश्यकता रहको बताए ।
यसैगरी, नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले यस आन्दोलनबाट अटो क्षेत्रमा ठूलो क्षति भए पनि सबै मिलेर पुनरुत्थानको काम गर्नुपर्ने बताए ।
आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफू अझै पनि निरन्तर लगानी, रोजगारी सिर्जना र राजस्वमा योगदान दिन चाहिरहेको बताए ।
नाडाका अध्यक्ष करण चौधरीले पनि अटो क्षत्रमा भएको ठुलो क्षतिकाबारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ ।
निजी क्षेत्रसँग भएको सामूहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीको सुरक्षा र देशको शान्ति र अमनचयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखे ।
उनले देशको अर्थतन्त्र खस्किँदै गएको भन्दै सरकारले व्यवसायीको मनोबल बढाउने खालका नीति ल्याउनुपर्ने सुझाव दिए ।
नाडाका अध्यक्ष चौधरीले लगानीकर्ता नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानि नोक्सानीको इन्स्योरेन्स डिस्बर्समेन्ट हुनुपर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड—२०८२ को कार्यान्वयनबाट सवारी साधनको मूल्य बढ्ने बताए ।

कर विवरण र कर बुझाउने अवधि एक महिना थप

यस्तो अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले कर विवरण र कर बुझाउने अवधि एक महिना थप गर्ने निर्णय गरेको छ । आन्दोलनको क्रममा भएको क्षतिपूर्तिका लागि बीमा संयन्त्रलाई सक्रिय बनाउने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ ।
देशको आर्थिक गतिविधीलाई चलायमान बनाउन दशैंका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनमा पनि भन्सार र बैंक खुला गर्ने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ ।
नवनियुक्त अर्थमन्त्री खनालले पदभार सम्हाल्ने क्रममा आफ्नो पहिलो निर्णय नै बजेटमा परेका तर डीपीआर नभएका एवं टुक्रे आयोजना कार्यान्वयन नगर्ने भनेर निणर्य गरेका थिए ।
सोही निणर्य बमोजिम अर्थमन्त्री खनालले आन्दोलनकारीले आगजनी र तोडफोड गरेका भाटभटेनी सुपरस्टोर, थापाथलीस्थित विभिन्न गाडीका शोरुमहरु कान्तिपुर मिडिया ग्रुपलगायत भ्रमण गरी क्षतिको विवरण लिएका थिए । त्यसक्रममा उनले पुनरुत्थानमा सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।