logo

जेनजी आन्दोलनको कारण देखाउँदै खाद्य कम्पनीले खसी–बोका नबेच्ने

    538   पटक पढिएको


५ असोज/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष दसैंका लागि खसी–बोका र च्यांग्रा नबेच्ने भएको छ । दसैंकालागि कम्पनीले सुपथमूल्यमा छुटसहित हरेक वर्ष विभिन्न जिल्लाबाट खसी–बोका र च्यांग्रा संकलगरि काठमाडौं ल्याएर सहुलियत दरमा बेच्दै आएको थियो । तर, यसपटक जेनजी आन्दोलनकालाई कारण देखाएर कम्पनीले सुपथ मूल्य पसलमात्रै चलाउने भएको छ ।
यो वर्ष राजनैतिक र भौगोलिक कारणले चौपाया बिक्री कारोबार गर्न सम्भव नभएको कम्पनीले जनाएको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनले गर्दा खसी–बोका र च्यांग्रा खरिद गरेर ल्याउन अन्योल भएकाले नभ्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।
देशभर भएको आन्दोलनले गर्दा खरिद प्रक्रियाका लागि तयारी कम भएको र दसैं पनि चाडै भएकाले राजमार्गमा पहिरो गइरहने त्रास भएकाले यस्तो समयमा चौपाया खरिद गरेर ल्याउदा बाटोमा रोकिने भन्दै खाद्य कम्पनीले दसैंमा खसिबोका विक्री गर्न नसकिएको बताएको हो । यस्तो असहज अवस्थाकाबीच कम्पनीमा ल्याएका चौपाया बिक्री भएन भने लामो समयसम्म राख्नुपर्ने बाध्यता रहन्छ भन्दै कम्पनीले दसैंमा खसिबोका ल्याएर नबेच्ने निणर्य गरैको जनाएको छ ।
गत वर्ष कम्पनीले ल्याएका च्यांग्रा सबै बेच्न दसैंमा कठिन परेको थियो । यसपटक खरिद गरेर ल्याउनुपर्ने बेलामा कम्पनीलाई आन्दोलनका कारण समय अपुग भएको कम्पनीले जनाएको छ । देशको असहज परिस्थितले व्यापारीले खसी–बोका र च्यांग्रा लागतभन्दा बढी नलिने हो भने उपभोक्तालाई राहत हुने सो कम्पनीले जनाएको छ ।
कम्पनीले अघिल्लो वर्ष जस्तै २ हजार खसी–बोका र च्यांग्रा बिक्री गर्ने निर्णय गरेको थियो । यो खरिदका लागि करिब ४ करोड रूपैयाँ भन्दा बढी बजेट छुट्यापएको थियो । गत वर्ष कम्पनीले प्रतिकेजी ६ सय ६० रूपैयाँमा खसीबोका बिक्री गरेको थियो ।

खसीबोका र च्यांग्राको खरिदका लागि जिल्लाहरुमा समेत समन्वय गरिसकेको कम्पनीले बिक्रीका लागि पहिलो पटक अनलाइन बुकिङ समेत खुल्ला गरेको थियो । अनलाइन बुकिङमा ४० वटा खसीबोका र च्यांग्रा बुकिङ भएको थियो ।
बुकिङ गरेकालाई पेस्की रकम अब कम्पनीले फिर्ता गर्ने भएको छ । हाल कम्पनीले देशभर १ सय ११ ठाउँमा बिक्री कक्षबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।