बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश दिने भएको छ । बिओके क्यापिटल मार्केट लिमिटेडको छंैटौ वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो । क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो ।
आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रिएस सेटअप र सर्दी नवलपरासी पूर्वमा २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । यी सुविधा सम्पन्न शाखाहरुबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने सो कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । हाल यस कम्पनीले यसलाई ‘दिमाग हल्लिने अफर’ नाम दिएको छ । जसमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १०० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउने छ ।
काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।
वैदेशिक रोजगारीमा रहेकाले पनि अब नागरिक पेन्सनमा सहभागी हुन पाउने भएका छन । जसकालागि नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।
मुलुकको औद्योगिक घराना चौधरी ग्रुपले एकवर्षमा १४ अर्ब २८ करोड रुपैयाँ सरकारको राजश्वमा योगदान गरेको बताएको छ । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको हो ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंक संचालक समितिको बिहीबारको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७% लाभांश दिने प्रस्ताव गरेको छ ।
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको पर्वतीय उडान (माउन्टेन फ्लाईट) पुन सुरु गर्ने भएको छ । यती एयरलाइन्सले आगामी १० असोज देखि रोकिएको पर्वतीय उडान पुनः सुरु गर्ने भएको हो ।
नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न साधारणसभाबाट मल्ली निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभापछि सुरु भएको चुनाबी प्रक्रिया अघि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष सावरमल अग्रवालले अध्यक्षमा मनोनयन गरेपनि मल्ली सर्वसम्मत भएका हुन्। अध्यक्षमा निर्वाचित भएका मल्लीको हाल राजधानी, एचपी र आरती ब्रान्डका ग्याँस छ ।
आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । १ असोजदेखि आगामी २६ कात्तिकसम्मको ५७ दिनका लागि सो कम्पनीले यो नयाँ योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार आइएमईका एजेन्ट, आइएमई पे र बैंक ट्रान्सफर गर्दा हरेक साता दुई जनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुई जनालाई डबलको डबल चार गुणा र बम्परमा एक जनालाई डबलको डबलो डबल आठ गुणा रकम दिइने छ ।
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले भोली १ असोजबाट नियमित उडान सुरु गर्ने भएको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ ।
काठमाडौबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले हवाईयात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै विमान तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९०मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने सो जीवनदायी मेसिन राखिएको सो कम्पनीले जानकारि गराएको छ ।
प्रभु क्यापिटलले बालबालिकालक्षित ‘प्रभु लिटिल च्याम्प’ योजना को शुरूआत गरेको छ । बाल दिवसको अवसर पारेर १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यकोलागि लगानी गर्न चाँहनेहरुका लागि यो लगानी योजना सेवा ल्याइएको सो क्यापिटलले जनाएको छ । यस योजनामा जोडिने १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने सो कम्पनीले बताइएको छ ।
दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा मंगलबार देखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गर्न लागिएको हो ।
नेपाल रिइन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले जसमध्ये १६.५ प्रतिशत बोनस सेयर दिने छ भने बाँकी २.५ प्रतिशत नगद लाभांश दिने छ ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो फोर जी सेवाको विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिनका लागि एनसेल फोर जी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।
गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा ३५ प्रतिशत छुट दिईने भएको छ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवद्र्धन गर्नुकासाथै आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्नकालागि गरिमा विकास बैंकले यस्तो सुविधा प्रदान गरेको हो ।
सामसङ नेपालले नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङ नेपालद्धारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सामसङले नयाँ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ सार्वजनिक गरेको हो।
मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धमा मुक्तिनाथ विकास बैंक र आनबीच आइतबार यस्तो सम्झौता भएको हो ।
बुद्ध एयरले आगामी साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरू गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भरतपुर–भैरहवा सातामा ३ उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमले साउदी अरबतर्फ नियमित उडान सुरु गर्ने भएको छ । निगमले दुई वर्ष अघिदेखि साउदी अरबमा उडानका लागि प्रक्रिया सुरु गरे पनि जीएसएको टुंगो लागेको थिएन ।
आइएमइ पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।
नेपाल एयरलाइन्सले कोरोना विरुद्धको खोप लिन आजबाट चीनको राजधानी बेइजिङमा लगातार तीन उडान गर्ने भएको छ ।