logo

गुण एयरलाइन्सले भोलीबाट व्यवसायीक उडान थाल्ने 

धमाधम टिकट बुकिङ हुँदै

    1093   पटक पढिएको


३१ भाद्र / अर्थ र व्यापार – निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले भोली १ असोजबाट नियमित उडान सुरु गर्ने भएको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले भोली १ असोजबाट नियमित व्यवसायीक उडान सुरु हुने बताए । थापाका अनुसार यस वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुरकालागि भर्ने छ । सो एयरलाइन्सका अनुसार पहिलो दिनको उडान भोली १ असोजमा बिहान साढे १० बजेटबाट सुरु हुने छ । त्यसपछि सोही दिन काठमाडौंबाट पोखरा उडान भर्ने गरी उडान तालिका तय गरिएको उनले जानकारी दिए । 
गुणले हाल दुई वटा गन्तव्यबाट आन्तरिक व्यवसायीक उडान सुरु गर्ने र आगामी दिनमा यात्रुहरुको माग बमोजिम विस्तारै आफ्नो उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको छ । नियमित व्यवसायीक उडान तयारीसँगै गुण एयरलाइन्सले तीनवटा जेटस्ट्रीम र एउटा बिचक्राफ्ट विमानलाई तयार पारिसकेको छ । आगामी दिनकालागि पनि छिटै थप तीन वटा विमान तयार पार्ने सो एयरलाइन्सले जनाएको छ । थापाले अब यो वायुसेवाले दशैंका यात्रुलाई सहज रुपमा हवाई सेवा उपलब्ध गराउन सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान भर्नेगरी तयारी पूरा भएको जानकारी दिए । 
अहिलेको यो उडान सेवा सञ्चालनकालागि यो वायुसेवाले यात्रुको सेवा र सुविधालाई उत्कष्ट बनाउका लागि एक वर्ष भन्दा लामो समयदेखिको तयारी गरिरहेको जनाएको छ । कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले ११ चैत २०७६ देखि गरेको लकडाउन र निशेधाज्ञाका कारण थन्किएको वायुसेवा क्षेत्रमा यो कम्पनीले नयाँ ब्राण्डमा र बलियो उपस्थिति देखाउने गरी आफु प्रस्तुत भएको बताएको छ ।
गुण इरलाइन्सले ८ वर्ष अघिको आफ्नै ब्राण्डमा आगामी उडान सेवा सुरु गर्न लागेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्राण्डमा विमान उडान सुरु गर्ने भएको छ । यो कम्पनीले हाल वायुसेवासँग भएको दुई वटा बिचक्राफ्ट र थप पाँच वटा जेटस्ट्रीम विमान थप गरेको हो । यो वायुसेवाले आगामी दिनमा काठमाडौैंबाट माउन्टेन फ्लाइट, लुक्ला, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, जोमसोम, तुम्लिङटार, नेपालगन्ज, राजविराज, रामेछाप, सिमरा र सुर्खेतमा नियमित व्यवसायीक उडान भर्ने लक्ष्य लिएको जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।