logo

गुण एयरलाइन्सले भोलीबाट व्यवसायीक उडान थाल्ने 

धमाधम टिकट बुकिङ हुँदै

    1601   पटक पढिएको


३१ भाद्र / अर्थ र व्यापार – निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले भोली १ असोजबाट नियमित उडान सुरु गर्ने भएको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले भोली १ असोजबाट नियमित व्यवसायीक उडान सुरु हुने बताए । थापाका अनुसार यस वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुरकालागि भर्ने छ । सो एयरलाइन्सका अनुसार पहिलो दिनको उडान भोली १ असोजमा बिहान साढे १० बजेटबाट सुरु हुने छ । त्यसपछि सोही दिन काठमाडौंबाट पोखरा उडान भर्ने गरी उडान तालिका तय गरिएको उनले जानकारी दिए । 
गुणले हाल दुई वटा गन्तव्यबाट आन्तरिक व्यवसायीक उडान सुरु गर्ने र आगामी दिनमा यात्रुहरुको माग बमोजिम विस्तारै आफ्नो उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको छ । नियमित व्यवसायीक उडान तयारीसँगै गुण एयरलाइन्सले तीनवटा जेटस्ट्रीम र एउटा बिचक्राफ्ट विमानलाई तयार पारिसकेको छ । आगामी दिनकालागि पनि छिटै थप तीन वटा विमान तयार पार्ने सो एयरलाइन्सले जनाएको छ । थापाले अब यो वायुसेवाले दशैंका यात्रुलाई सहज रुपमा हवाई सेवा उपलब्ध गराउन सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान भर्नेगरी तयारी पूरा भएको जानकारी दिए । 
अहिलेको यो उडान सेवा सञ्चालनकालागि यो वायुसेवाले यात्रुको सेवा र सुविधालाई उत्कष्ट बनाउका लागि एक वर्ष भन्दा लामो समयदेखिको तयारी गरिरहेको जनाएको छ । कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले ११ चैत २०७६ देखि गरेको लकडाउन र निशेधाज्ञाका कारण थन्किएको वायुसेवा क्षेत्रमा यो कम्पनीले नयाँ ब्राण्डमा र बलियो उपस्थिति देखाउने गरी आफु प्रस्तुत भएको बताएको छ ।
गुण इरलाइन्सले ८ वर्ष अघिको आफ्नै ब्राण्डमा आगामी उडान सेवा सुरु गर्न लागेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्राण्डमा विमान उडान सुरु गर्ने भएको छ । यो कम्पनीले हाल वायुसेवासँग भएको दुई वटा बिचक्राफ्ट र थप पाँच वटा जेटस्ट्रीम विमान थप गरेको हो । यो वायुसेवाले आगामी दिनमा काठमाडौैंबाट माउन्टेन फ्लाइट, लुक्ला, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, जोमसोम, तुम्लिङटार, नेपालगन्ज, राजविराज, रामेछाप, सिमरा र सुर्खेतमा नियमित व्यवसायीक उडान भर्ने लक्ष्य लिएको जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।