१९ साउन/अर्थ र व्यापार – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिने भएको छ ।
सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरेपछि सो छुट सुविधाको लाभ लिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया