logo

ग्याँस उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्वाचित 

    1480   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न साधारणसभाबाट मल्ली निर्विरोध निर्वाचित भएका हुन् ।
साधारणसभापछि  सुरु भएको चुनाबी प्रक्रिया अघि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष सावरमल अग्रवालले अध्यक्षमा मनोनयन गरेपनि मल्ली सर्वसम्मत भएका हुन्। अध्यक्षमा निर्वाचित भएका मल्लीको हाल राजधानी, एचपी र आरती ब्रान्डका ग्याँस छ । 
संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सर्वसम्मत नेतृत्वका लागि पहल गरेका थिए । सहमतिका लागि भण्डारी, पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे, राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र कावराको समिति समेत बनाइएको थियो । यसैगरि,संघको विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटी चयन भएका छन्।
उनी संघको नेतृत्वले व्यवसायिक हितमा काम नगरेको भन्दै चार वर्ष अघि वाहिरिएका थिए । केही दिन अघि मात्रै डल्लाकोटी संघमा फर्किएका थिए। श्रीकृष्ण ग्यासका संचालक रहेका डल्लाकोटी  पूर्व उपाध्यक्ष समेत हुन् । संघको बरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास निर्विरोध भएका छन्।
महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यसमितिका सदस्यहरुमा लोकहर्ष शाक्य, बाबुराम पोखरेल, सुनिल सिन्हा, मनोजकुमार बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे र राजकुमार सिन्धी निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।