logo

प्रभु क्यापिटलको बालबालिका केन्द्रित लगानी योजना

    1592   पटक पढिएको

२९ भाद्र / अर्थ र व्यापार – प्रभु क्यापिटलले बालबालिकालक्षित ‘प्रभु लिटिल च्याम्प’ योजना को शुरूआत गरेको छ । बाल दिवसको अवसर पारेर १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यकोलागि लगानी गर्न चाँहनेहरुका लागि यो लगानी योजना सेवा ल्याइएको सो क्यापिटलले जनाएको छ ।
यस योजनामा जोडिने १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने सो कम्पनीले बताइएको छ । यसैगरि, महिला लगानीकर्तालाई लक्षित गरेर तिजको अवसरमा पनि प्रभु ऐश्वर्य पीएमएस योजना शुरू गरिएको थियो । यस योजना अन्तर्गत न्यूनतम लगानी अवधि ५ वर्ष, हर्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल् (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत, लक इन अवधि ५ वर्ष, लक इन अवधिअगावै योजना बन्द शुल्क ३ प्रतिशत, नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात, गरीब तथा पिछडिएका बालबालिकालाई एक वर्षकालागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गरिने सो कम्पनीले जनाएको छ । 
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल मुलुक भर सञ्चालनमा रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिनेछ । यसरी सहभागी भएका सेवाग्राहीहरूले आफ्नो लगानी व्यवस्थापनबारे अनलाइन सुविधाबाटै जानकारी लिन सक्ने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।