logo

बिओके क्यापिटल मार्केटले १८ प्रतिशत लाभांश दिने 

    1081   पटक पढिएको

२१ असोज / अर्थ र व्यापार – बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश दिने भएको छ । बिओके क्यापिटल मार्केट लिमिटेडको छंैटौ वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो ।   क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो । 
साधारण सभाले आर्थिक वर्ष २०७७/ ७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आव  २०७७/ ७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम  ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसैगरि, सो साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका–१ नक्सालमा रहने प्रस्ताव पारित गरेको छ ।
सो साधारण सभा समारोहमा बिओके क्यापिटल मार्केट लिमिटेडको संचालक समितिका अध्यक्ष मिश्रले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागी सहयोग पु¥याउने शेयरधनि, ग्राहक, तथा सरकारको सम्बन्धीत निकाय लगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरीङ्ग लिमिटेड प्रति सञ्चालक समितिको तर्फबाट धन्यवाद व्यक्त गरे । 
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु दिदै आईरहेको छ । आगामी दिनमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको सो कम्पनीले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।