logo

८ करोड लगानीमा पोखराको शान्तिनगरमा खुल्यो सेलवेजको २९ औं शाखा

    925   पटक पढिएको

२१ असोज / अर्थ र व्यापार– सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराको शान्तिनगरचोकमा २९ औं शाखा बिस्तार गरेको छ । बिहिबारदेखि पोखरा महानगरपालिका–७ शान्तिनगरस्थित बराल पेट्रोल पम्पसँगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोरका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए ।
पोखरामा शान्तिनगरमा नयाँ सेवा विस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो । प्रमुख व्यवस्थापक दयालको अनुसार यसको लागत करिब ८ करोडको रहेको छ । यस नयाँ शाखामा खाद्य सामग्रीका सम्पूर्ण सामान र लेकसाईडका होटल तथा रेष्टूरेन्टका लागि आवश्यक पर्ने सबै सामग्रीहरु पाइने गिरिले बताए ।
स्टोरको भुईंतलामा खाद्य सामग्री र सौन्दर्यका सामग्री राखिएको छ । पहिलो तलामा इलेक्ट्रोनिक सामग्री र दोश्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखिएको छ ।
पोखरा शान्तिनगरमा खोलिएको यो शाखाबाट शुभारम्भको अवसरमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने फ्रि होम डेलिभरीको व्यवस्था समेत गरिएको गिरीले बताए ।
सेलवेजले सन १९९३ देखि पोखराको चिप्लेढुंगाबाट सामान्य खाद्य पसलबाट सेवा आरम्भ गरेको थियो । तर अहिले देशका विभिन्न ठाउँबाट सेवा दिँदैं आएको छ । निकट भविष्यमै पोखरा र लेखनाथका केही स्थानमा आउटलेट विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
विशेषतः सेलवेज डिपार्टमेन्टल स्टोर प्रा।लिले पोखरा र काठमाडौंका विभिन्न स्थानका शाखाहरुबाट सेवा दिईरहेको छ । काठमाडौंको सातदोबाटो, सितापाईला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ति, पेप्सिकोला, मुलपानी, मैजुवहाल, ककनी, सुकेधारा, हात्तिगौंडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर र भैंसेपाटीमा यसको शाखाहरु संचालनमा रहेका छन ।
पोखराको सेलवेज काठमाडौं सन् २००४ मा प्रवेश गरेको हो । २०१४ बाट सेल्सबेरीको नामबाट पनि शाखाहरू संचालनमा आएका थिए । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा संचालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ वर्ष २०७९ सालबाट काठमाडौंको महाराजगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मल संचालनमा ल्याउने तयारी गरिरेहेको छ । यता कास्कीको लेखनाथमा नयाँ शाखा बिस्तारको तयारी पनि गरिएको प्रमुख व्यवस्थापक दयाल गिरिले जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।