logo

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

    1074   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार –  एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’मा पुरस्कार जित्न सफल भएको छ । गत ९ कात्तिकमा आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रम माझ अवार्ड विजयताको घोषणा भएको थियो ।
सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरूलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पु¥याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद् प्रतिकार्यअन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न विपद् तथा संकटको समयमा गरेका योगदानको सराहना गरेको सो कम्पनीले जनाएको छ ।
स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पु¥याउँदै सरकारलाई दियो लक्ष्य विकास प्राप्तिमा सहयोग पु¥याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै, कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढीजस्ता विपद्का समयमा सरकार र समुदायलाई पु¥याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । 
वल्र्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ सो कम्पनीले जनाएको । 
‘यस प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महŒवपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौं । यी सम्मानहरू हामीले समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महŒवपूर्ण कार्यहरू मात्र नभएर हाम्रा सामाजिक पहलहरूको प्रभावकारी योगदान र विपद्को समयमा सरकार र नेपाली जनसमुदायलाई पु¥याएको सहयोग र योगदानको कदर हो । हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीलाई दिन्छु ।’ वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ मा दुई अवार्डहरू जित्न सफल भएकोमा खुसी र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इन्डोस्याट उरेडु, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एन्ड स्मार्ट, र पोलिक्याब इन्डिया गरी पाँच कम्पनीहरू सूचीकृत भएका थिए । त्यस्तै, एयरटेल युगान्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडु, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डका लागि सूचीकृत भएका थिए ।
यसैगरी, एनसेलले हालै मात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड’को १२औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कंग्रेस र स्टार अफ द इन्डस्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभालाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैंसँग राख्न सफल कम्पनीलाई सम्मान गर्दछ ।
यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरूका साथ हालै मात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरूको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरूलाई सम्मान गर्दछ । सस्टेनेबिलिटी लिडरसिपअन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरूलाई दिइन्छ, जसले दिगो विकास लक्ष्य प्राप्तिका लागि ठूलो सम्भावना बोकेको हुन्छ ।
गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो । एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्डबाट सम्मानित भएका थिए ।
लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।