विभिन्न ४४ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् ।
सबै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर बढाउन गरेको निणर्यको असर सेयर बजारमा देखिएको छ ।
नेपाल धितोपत्र बोर्डले एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६२ हजार २९० कित्ता प्रारम्भिक सेयर सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार प्रोफिट बुकिङ्गले सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको छ ।
यस साताको सुरुका दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा मंगलबार भने केही ’करेक्सन’ देखिएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ ।
सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।
सेयर बजार उकालो लाग्नेक्रमसँगै मंगलबार नेप्से परिसुचक ४९ अंकले बढेको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।
पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । सेयर बजारमा उकालो यात्रा जारि रहेसँगै मंगलबार बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ ।
अग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु भएको पहिलो दिन आइतबार सेयर कारोबार नेप्से ६० अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार पाँचवटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।
साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ ।
आइतबार सेयर बजार ७४.४० अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७४.४० अंकले बढेर २५९४.६२ अंक कायम भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ ।
मलेसियन लगानीको दूरसञ्चार कम्पनी एनसेल पब्लिक कम्पनी भए पनि सर्वसाधारणको लागि भने सेयर जारी गरेको छैन् । तर, यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को ओभर दि काउन्टर (ओटीसी) भने प्रति कित्ता नै एक लाख २४ हजार एकसय रुपैयाँमा कारोबार भएको छ ।
पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् ।
सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज (मंगलबार) दिनभरका लागि कारोबार बन्द भएको छ । प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बढेको हो ।
पछिल्लो समय बजार उच्च रुपमा घटिरहेको बेला लगानीकर्ताहरुको समुहले सेयर बिक्री नगर्न समग्र लगानीकर्ताहरुलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा गठित पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले एक विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई आवश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरेको हो ।
पछिल्ला केहि साता यता शेयर बजार निरन्तर ओरालो लागेको छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झरेको छ । यो साताको पहिलो दिन आइतबार मात्रै नेप्से ८८ अंकले ओरालो लागेको छ ।
नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको नागरिक स्टक डिलरले साढे १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । डिलरले आगामी वार्षिक साधारणसभामा सो मात्राको आईपीओ जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।
चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार आईसीएफसीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ६३९.८२ रुपैयाँ कायम गरिएको छ ।