logo

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

    1447   पटक पढिएको

१८ फागुन/अर्थ र व्यापार– कृषि विकास बैंक लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको छ । बैंकले २९ पुसमा सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित सो बोनस सेयर वितरण गर्न सूरु गरेको हो । बोनस सेयर फागुन १५ गते बैंकले धितोपत्र दोस्रो बजारमा सूचीकृत समेत गराईसकेको छ । त्यसैले डिम्याट खातामा प्राप्त बोनस शेयर सदस्यहरुले कारोबार गर्न सक्ने सो बैंकले जनाएको छ ।
बैंकले गत १५ पुससम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिसकेको जानकारी दिएको हो । त्यसपछि पनि सेयर अभौतिकीकरण गराएका सदस्यहरुको डिम्याट खातामै क्रमश सेयर जम्मा गरिने भनाई पनि सो बैंकको छ । यसर्थ हालसम्म आफ्नो सेयर अभौतिभीकरण नगराएका सदस्यहरुले यथासिघ्र गराई बोनस सेयर सुरक्षित गर्न पनि सो बैंकले आग्रह गरेको जनाएको छ ।
गत १५ पुससम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकको बोनस सेयर भर्ने सम्बन्धीत कम्पनीकै नाममा रोक्का रहेकाले फुुकुवा भएको खण्डमा सम्बन्धीत कम्पनीमै सम्पर्क राख्न पनि सो बैंकले भनेको छ ।
कम्पनीले यस वर्ष बोनस सेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश समेत दिएकाले सेयरधनीहरुले बोनस सेयरमा लाग्ने कर तिर्नुपर्ने छैन् । यस बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।