सोमबार सेयर बजारमा ११४ अंकको पहिरो गएको छ । ४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २७ सयमुनि झरेको छ। सोमबारको कारोबारपछि नेप्से परिसूचक २६९८ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। स्टक एक्सचेन्जका अनुसार यस दिन ८ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु राताम्मे भएका छन्।
सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक करिब साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ ।
तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा क्यापिटल र तेह्रथुम पावर कम्पनीबीच बिहीबारको द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुन् ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई बोनस र हकप्रद सेयर दुबै दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई बोनस र बोनस पश्चात हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
नेप्से परिसूचक आज ७६.६५ अंकले घट्दै २८१२.३९ विन्दुमा पुगेको छ । १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेचमा ९ अर्ब ३ करोड ३९ लाख ६२३ बराबरको कारोबार भएको छ ।
साहस उर्जा कम्पनीले आगामी ६ असोजबाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
अपर तामाकोशी हाइड्रो पावरले एकैपटक दुई वर्षको साधारण सभा आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ र २०७६ / ७७ को बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा एकैपटक आगामी १९ असोजमा बोलाएको हो ।
नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साताको पहिलो कारोबार दिन आइतबारको प्रि–ओपनिङमा सेयर बजार इन्डेक्स नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । आइतबार बिहानको प्रि–ओपनिङमा ३९ वटा कम्पनीको कारोबार भएको थियो । जसमा ३५ वटा कम्पनीको सेयर मूल्य बढेको थियो भने २ वटा कम्पनीको सेयर मूल्य घटेको थियो ।
पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढिरहेको बेला हाल दोश्रो बजारमा विभिन्न ३४ वटा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत गरेका विभिन्न कम्पनीहरु मध्ये हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
आइतबार १०८ अंकले घटेको सेयर बजार सोमबार १६२ अंकले बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय सेयर बजार निरन्तर झरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरि समस्या समाधान भनेसंगै सोमबार सेयर बजार ५.७४ प्रतिशतले बढेर २९८० अंक कायम भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय सेयर बजार निरन्तर झरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरि समस्या समाधान भनेका छन् । राष्ट्र बैंकको नीतिकै कारण बजार घटेको आरोप लागेपछि अर्थमन्त्री मन्त्री शर्माले गभर्नरसँग यसबारे चासो राखेका हुन् ।
थप दुई जीवन बीमा कम्पनीले आइपिओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेका छन् ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ।
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १५. ९८ अंकले घटेर ३१०७ अंकमा कायम भएको छ ।
मंगलबार २६ अंकले बढेको सेयर बजारमा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसूचक ३१११ अंकमा पुगेको छ । जुन अंक हालसम्मकै उच्च बिन्दु हो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते बुधवारदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ ।
साताको पहिलो दिन सेयर बजामा एक अंकको बृद्धि भएको छ ।
मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने भएको छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आजदेखि आएको छ ।
धितोपत्र बोर्डले तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार १५ अंकले घटेर ३ हजार ७९ अंकमा कायम भएको छ । बुधबार सेयर वजारमा ३ हजार ९४ अंकको रेकर्ड कायम भएको थियो ।
इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधरणका लागि बिक्री खुला भएको छ ।