logo

४१ अंकले बढ्यो नेप्से 

    1406   पटक पढिएको

१९ असोज /  अर्थ र व्यापार – पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने उकालो लागेको छ । सो दिनको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले उकालो लागेर २६१२.६५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले बढी हो । प्रि ओपनिङ्ग सेसनमा सामान्य अंकले घटेको बजार नियमित कारोबारको समयमा भने उकालो लागेको हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४५ प्रतिशतले बढेर ४९२.०३ बिन्दुमा पुगेको छ ।
मंगलबार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । दिनभर खुलेको सेयर बजारमा जम्मा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२३ स्क्रिप्टको कारोबार भएको बजारमा ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सको संस्थापक सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएका छन् । मंगलबारको बजारमा इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ ।
त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ११ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । संस्थाले गत आर्थिक वर्षको बम्पर लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु संस्थाको सेयरमा आकर्षित भएका हुन् । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ८२.५० अर्थात ६.२४ प्रतिशतले बढी हो ।कारोबारमा आएका १८५ कम्पनीमध्ये १७२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ वटाको घटेको छ भने बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
लामो समय पनि हरियो देखिएको बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये मल्टीप्रपर्स फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनरको सेयर मूल्य १०÷१० प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । मंगलबार ट्रेडिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।