logo

निरन्तर आरोलो गतिमा शेयर बजार , ७० अंकले घट्यो नेप्से

    1356   पटक पढिएको

१२ असोज / अर्थ र व्यापार – पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो ।
बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दिनभरको बजारमा १८६ कम्पनीसहित कूल २१८ वटा स्क्रिप्टको कारोबार भएको छ । ७५ हजार ३७४ पटकको कारोबारमा कूल १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका कम्पनीमध्ये कुमारी बैंक तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको लाभांश घोषणा भएकैदिन कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा मात्रै नभई बैंक कारोबार संख्या र कारोबार कित्ताको आधारमा पनि शीर्ष स्थानमा रहेको छ । कम्पनीको एकैदिन ६ लाख ११ ह जार ४८४ कित्ता सेयर ३ हजार ३८४ पटकमा किनबेच भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो ।
मंगलबार कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको छ । लाभांश घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश घोषणा गरेको हो । यससँगै लगानीकर्ताहरु निराश देखिएका मंगलबारको बजारले प्रष्टाएको छ ।
सोमबारको तुलनामा मंगलबारको बजारमा १० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ ।५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । जसमध्ये अधिकांश हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।