logo

प्रोफिट बुकिङ्गले नेप्सेमा दोहोरो अंकको करेक्शन, ७ अर्ब रुपैयाको सेयर कारोबार

    1064   पटक पढिएको

९ माघ/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार प्रोफिट बुकिङ्गले सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) का अनुसार पछिल्लो तल्लो बिन्दुमाट नेप्सेमा ३० प्रतिशतको बढोत्तरी भएपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्से घटेको हो । 
गत २७ मंसिरमा नेप्से २२८१ बिन्दुमा झरेकोमा बिहीबासम्म करिब ३० प्रतिशतले बढेर २९३१ बिन्दुसम्म पुगेको थियो । साना–तिना करेक्शन बजारमा देखिएपनि बजार अझै पनि बुलिस प्रवृत्तिमै रहेको सम्बन्धीत जानकारहरुको भनाई छ ।  
आइतबार नेप्से १०.८३ अंकले घटेर २९२० दशमल ५१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३.८० बिन्दुमा पुगेको छ । यसदिन कुल बजार पूँजीकरण घटेर ४१ खर्ब २७ अर्ब २३ करोडमा समेटिएको छ ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये पाँच बढेको छ भने आठवटा घटेको छ । अन्य र जीवन बीमा १ प्रतिशत बढीले बढ्दा फाइनान्स, होटल, ब्यापार, विकास बैंक, जलविद्युत र लगानी सूचक १ प्रतिशत बढीले घटेका छन् ।
यसदिन २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ८७ हजार ४७८ वटा संख्यामा खरीद बिक्री भएका छन् । आइतबार ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल टेलिकमको  सबैभन्दा धेरै ३२ करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपि पावर १९.०१ करोड, एनआईसी एशिया बैंक १७.५२ करोड, शिखर इन्स्योरेन्स १७.४७ करोड र ग्लोबल आइएमई बैंकको ३६४ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
यसदिन वीन लघुवित्त (नेपाल सेवा र वीन लघुवित्त मर्जर भई बनेको संस्था) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । भर्खरै मर्जर सम्पन्न भई दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयरको माग उच्च छ भने बिक्रीकर्ता छैनन् सोही कारण कम्पनीको सेयरमूल्य बढ्दो क्रममा रहेको छ ।
यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत, मैलुङ्ग खोला जलविद्युतको ९.७३ प्रतिशतले मूल्य बढेको छ । भर्खरै दोस्रो बजारमा कारोबारमा आएका र थोरै सेयर जारी गरेका कारण पनि यी कम्पनीहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण उच्च छ ।
ग्लोबल आइएमई बैंक ६.७४, ज्योति लाइफ इन्स्योरेन्स ६.६९ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्स ६.४५ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.६८ प्रतिशत र रिलायन्स लाइफ इन्स्योरेन्स ४.२५, एनआईसी एशिया लघुवित्त ४.०३ प्रतिशत र नेपाल टेलिकको सेयरमूल्य ३.८४ प्रतिशतले बढेको छ ।
यसैगरि, आइतबार सामलिङ्ग पावरको सेयर लगानीकर्ताले सबैभन्दा धेरै ६.६९ प्रतिशतका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स ५.५२, बेष्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११, र सांग्रिला डेभलपमेन्ट डिबेञ्चरको मूल्य ३.८९ प्रतिशतका दरले घटेको नेप्सेले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।