logo

धितोपत्र बोर्डबाट एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोडको आईपीओ बिक्री गर्न अनुमति

    1271   पटक पढिएको

१० माघ/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६२ हजार २९० कित्ता प्रारम्भिक सेयर सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।
गत १४ साउनमा अन्तिम पटक आईपीओ निष्काशन गर्न अनुमति दिएको बोर्डले आइतबार ६ महिनापछि एकैपटक ६ कम्पनीलाई सेयर बिक्री गर्न अनुमति दिएको हो ।
नेपाल धितोपत्र बोर्डले ग्रीन भेञ्चर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
बोर्डले ग्रीन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, नेष्डो समृद्ध लघुवित्तलाई ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर र जाल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बलेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल, राष्ट्र उत्थान लघुवित्त एनआईबिएल एस क्यापिटल, इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल, ग्रीन भेन्चरको लक्ष्मी क्यापिटल र जाल्पा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ ।

यसैगरि, धितोपत्र बोर्ड नेतृत्व विहीन हुँदा ३१ कम्पनीको साढे ८ अर्ब रुपैयाँको आईपीओ अनुमति रोकिएको थियो । बोर्ड अध्यक्ष पद खाली भएको करिब ५ महिनासम्म कुनैपनि कम्पनीले कम्पनीले आईपीओ अनुमति पाउन सकेका थिएनन् । धित्रोपत्र बोर्डले गत १४ साउनमा सामलिङ्ग पावरलाई सेयर जारी गर्न अनुमति दिएयता बोर्डले आइतबार ६ कम्पनीलाई आईपीओ अनुमति दिएको हो । 
बोर्डले एकैपटक ६ कम्पनीलाई अनुमति दिएसँगै ६ महिनायता रिक्त रहेको प्राथमिक बजारमा सेयरको आपूर्ति बढ्ने भएको छ । करिब आधा वर्ष सेयर भर्न नपाएका लगानीकर्तालाई यसले उत्साहित बनाएको छ भने कम्पनीहरुलाई पूँजी निर्माणको बाटो समेत खुलेको छ । लामो समयसम्म आईपीओ अनुमति नपाउँदा कम्पनीहरुको व्यावसायिक योजना नै लथालिङ्ग बनेको थियो ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको अभियोगमा सरकारले गत भदौ दोस्रो साता तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई दोषी ठहर गर्दै बर्खास्त गरेको थियो । त्यसयता कुनैपनि कम्पनीको सेयर बिक्री अनुमति पाएका थिएनन् । बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई बर्खास्त गरेपछि अर्थमन्त्रालयले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएपनि उनलाई आईपीओ बिक्रीको अनुमति थिएन । यसबीचमा बोर्ड सञ्चालक समितिको बैठकले केही कम्पनीलाई हकप्रद र ऋणपत्र जारी गर्न भने स्वीकृति दिएको थियो ।
बोर्ड सञ्चालक समितिको माघ पहिलो साताको बैठकले आईपीओ अनुमतिको जिम्मेवारी अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सहसचिव शोभाकान्त पौडेललाई दिने निर्णय गरेसँगै ६ कम्पनीले सेयर निष्कासनको अनुमति पाएका हुन् । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र ती कम्पनीहरुले सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  ।
अझै २५ कम्पनीको ७ अर्ब २४ करोड २५ लाख ५६ हजार ४०० रुपैयाँ मूल्यको ६ करोड ५७ लाख ५ हजार ५९४ कित्ता सेयर बिक्रीका लागि धितोपत्रको बोर्डको अनुमतिको पर्खाइ ९पाइपलाइन० मा रहेका छन् । जसमध्ये २४ कम्पनीले अंकित मूल्यमा सेयर बिक्री गर्न लागेका हुन् भने रिलायबल लाइफ इन्स्योरेन्सले भने ११२ रुपैयाँ प्रिमियम मूल्यमा सेयर बिक्रीको अनुमति मागेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।