logo

निरन्तर ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार ३५ अंकले बढ्यो

    1278   पटक पढिएको

२४ चैत /अर्थ र व्यापार – गत सातादेखि निरन्तर दोहोरो अंकको गिरावट आएको सेयर बजार यो साताको अन्तिम दिन बिहीबार ३५ अंक बढीले बृद्धि भई उकालो लागेको छ ।
बैंकिङ प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेको सेयर बजार राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण थप प्रभावित भएको थियो । गत बिहीबारबाट लगातार घटेको बजार १४० अंक तल आइसकेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय हुँदा बजारमा सुधार आएको हो ।

यसैगरि, बैंकहरुले वैशाख पनि ब्याजदर नबढाउने अनौपचारिक खबरहरु प्रवाह भएकाले पनि यसको प्रभाव बजारमा देखिएको हो । आयातमा कडाई गर्दा कतिपयले शेयर बजारमा लगानी गरेको आँकलन पनि हुन थालेको छ ।
गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । अघिल्लो बिहीबार करिब २४ अंकले घटेको नेप्से आइतबार ३०।८९, सोमबार १४.८८, मंगलबार ४६.४६ र बुधबार २३.३३ अंकले घटेको थियो ।
यस साताको अन्तिम दिन बिहीबार ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा उक्लिएको छ । ठूला कम्पनीको कारोबार सूचक १.७९ प्रतिशतले बढेको छ । यस्तै करोबार रकम समेत केही बढेको छ । यसदिन २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख बराबरमा किनबेच भयो ।
अघिल्लो दिन १ अर्ब ९९ करोड बराकरको सेयर खरिद बिक्री भएको थियो । कारोबारमा आएका १३ उपसमुहकै सूचक सकारात्मक रहेको बजारमा अन्य, व्यपार तथा बीमा समुहकाले धेरै कमाए । आजको बजारमा नबिल बैंकको सर्वाधिक ७ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । प्राइम बैंक, हिमालयन डिष्टलरी लगायतका कम्पनी उच्च कारोबार गर्नेमा परेका छन ।
यसदिन हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । नेपाल टेलिकम र एक्सल डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशत बढीले मूल्य बढेको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।