विभिन्न मुलुकहरुबाट नेपाल आएका दक्षिण एसियाली देशका हवाई नियामकहरु काठमाडौमा भेला भएका छन्।
सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।
पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगीबाट संक्रमित मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ७१ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित चारवटा नयाँ विमान खरिदको ऋण किस्ता बुझाएको छ । मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमलले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरिदगर्नका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो ।
सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो ।
चाडबाड र राजमार्ग अवरुद्ध भएको मौकामा आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ ।
सेप्टेम्बर महिनामा करिब एकलाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार हवाई मार्ग हुँदै सेप्टेम्बर महिनामा कुल ९६ हजार ३ सय ४ जना पर्यटक नेपाल भित्रिएका हुन्।
होटल एभरेस्ट र बुटिक होटल बसेरालाई सरकारले तीन–तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकको स्वागत, ठमेल लगायत देशभर विविध कार्यक्रम गरि ४५ औं विश्व पर्यटन दिवस मनाइएको छ । विगतका वर्षहरुकै निरन्तरता रुवरुप २७ सेप्टेम्बरको दिन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रसँग सम्बन्धीत विविभन्न संघ संस्थाहरुसँगको सहकार्यमा काठमाडौ उपत्यका लगायत देशैभर विविध कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाईएको हो ।
खराब मौसमका कारण देशैभरको हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले हवाई उडानहरू प्रभावित भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि जजिरा एयरवेजले गरेको प्रस्ताव फिर्ता गरिदिएको छ ।
चाइना साउदर्न एयरलाइन्सले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नका लागि आफू तयार रहेको बताएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् ।
पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३ सय ३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यक्षगमन कार्यालयको तथ्यांकलाई आधार मानेर नेपाल पर्यटन बोर्डले यस्तो जानकारी गराएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी सोमबार १७ भदौमा हुने निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाको भिन्दाभिन्दै समूहले उम्मेदवारी दर्ता गराएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए÷नभएको विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।
सत्तारुढ दलबाट नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको छ । विमान चलाउन नसकेर आर्थिक अवस्था निक्कै बिग्रिएको भन्दै मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् ।
दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन ।
आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा शृष्टि भण्डारीले सागर पाण्डे समुहवाट कार्यसमिति सदस्य –महिला) तर्फ उम्मेद्वारी दिएकी छन । उनी स्नोई होराइजन
आगामी भदौ १७ गते हुने पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित
सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ ।
सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ ।
निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ । आयटा अन्तर्गत स्ट्याण्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै कम्पनीले आयटाबाट सो मान्यता पाएको हो।