logo

पर्यटनमन्त्री पाण्डेद्धारा सयदिने कार्य विवरण सार्वजनिक

    545   पटक पढिएको


८ कात्तिक/अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो महिना १ साउनदेखि नयाँ बजेट कार्यान्वयनमा आउनुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आफुैं सञ्चालक समितिको अध्यक्ष भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आएको छैन । यसैगरी, समस्या सोही मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय अध्यक्ष रहेको नेपाल पर्यटन बोर्डमा पनि छ । पर्यटन बोर्डले समेत अझै चालु आवको बजेट ल्याउन सकेको छैन । उता, नेपाल वायुसेवा निगम यस्तै नियति र समस्याको चाङमा उडिरहेको छ ।
आफू मातहत निकायको आधारभूत काम समेत पूरा गर्न नसकेका पर्यटनमन्त्री पाण्डेले बिहीबार पछिल्लो सय दिनमा आफूले गरेका कामको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो अवस्था पनि देखिएको हो ।
पर्यटनमन्त्रीका एकसयदिने कार्य विवरणमा विभिन्न समिति गठन र विगत आधा दशकदेखि अगाडि बढेका कानुनका ड्राफ्टमा ‘काम भइरहेको’ भन्ने लगायत धेरै सुधारात्मक कामहरुको विवरण समावेश गरिएको छ ।
आफुले एकसय दिनमा गरेको विविध कामहरुबारे जानकारी गराउँदै उनले नेपाल वायुसेवा निगमलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा पनि गम्भीर छलफल थालिएको बताएका छन ।
आफुले जिम्मेवारी पाएको पछिल्लो तीन महिना विभिन्न समिति गठन गर्ने र निगमलाई सुधार्ने प्रयासमा नै वितेको जानकारी गराउँदै उनले कार्यभार सम्हालेको पहिलो दिन पर्यटन नीतिमा आवश्यक सुधार गर्न समिति (कार्यलल) गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको सो विवरणमा उल्लेख छ ।
विशेषगरि समिति गठनलाई प्राथमिकता दिएका मन्त्री पाण्डेले चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि पटक पटक भएका हरेक हवाई दुर्घटनापिच्छे समिति गठन गरेका थिए ।
सन् २०१३ मा नेपाल युरोपेली युनियनको कालोसूचीमा परेयता नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने विषय बहसमा पनि उनले आफुले गर्न खोजेका विविध प्रयासहरुका फेहरिस्त सुनाएका थिए ।
उनले गरेको प्रयासकै कारण प्राधिकरणलाई छुट्याउने विधेयक मन्त्रिपरिषद्मा पेस भएको छ । यो विधेयक मन्त्रिपरिषद् लैजानुलाई पनि मन्त्री पाण्डे आफ्नो तीन महिने कार्यकालको उपलब्धि मानेका छन ।
यसबीचमा आन्तरिक वायुसेवाले बेहोर्ने यात्रुको दायित्व तथा बीमालाई समयानूकुल बढाउन आवश्यक विधेयकमा समेत मन्त्रालयले अस्वभाविक अलमल गरिरहेको छ । यो विधेयकले हवाई दुर्घटनामा पाउने क्षतिपूर्ति रकम बढाउँछ । तर, यसमा निजी वायुसेवा कम्पनीहरूको असहमति छ ।
पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा केही पहल सुरु गरिएका छन् । त्यो पनि काठमाडौं विमानस्थलमा मर्मत गर्ने मौका पारेर भैरहवा जान वायुसेवा कम्पनीलाई बाध्य पार्ने नीति सरकारले लिएको छ । स्वतस्फूर्त रूपमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवा कम्पनी इच्छुक छैनन् । उनले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनको राम्रो पहल भईरहेको बताएका छन् ।
यसैगरी, उनले नेपाल वायुसेवा निगमको व्यवस्थापन कसरी सुधार गर्ने भन्नेमा ठोस निष्कर्षमा पुग्ने र अब प्रदेशका नाममा पनि विमान किनेर चलाउने प्रस्ताव गरेका छन् । उनले निगमले विमान किनेर प्रदेशको नाम राखेर चलाउने प्रस्ताव गरेको कामलाई पनि आफ्नो कार्य प्रगति विवरणमा समावेश गरेका छन ।
उनले यस अवधीमा विभिन्न ५७ वटा हिमाल आरोहण खुला गरिनु सवैभन्दा राम्रो उपलब्धी भएको दावी गरेका छन् । आफ्नो कार्यकालमा पिक आरोहणलाई प्रर्वधन गर्ने गरी सरकारले ५८ सय मिटरदेखि ६५ सयमिटर उचाइका थप ५७ वटा हिमालको आरोहण खुला गरेको छ । यो अवधिमा भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सहुलियत तथा प्रोत्साहन सहितको कार्ययोजना मन्त्रपरिषद्बाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइएको छ ।
जसको नतिजास्वरूप नेपाल आयल निगमले यी दुई विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीका लागि इन्धनको मूल्य घटाएको छ । पछिल्लो तीन महिनामा पर्यटन मन्त्रालयको पहलमा भएको यो एक उपलब्धि हो । कर्णाली नदीछेवैमा रहेको कैलालीको टीकापुरस्थित विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन तिहारअघि परीक्षण उडान हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।