logo

सरकार भ्याट छुट दिन सक्ने अवस्थामा छैन: अर्थमन्त्री

    1157   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय हवाई टिकटमा भ्याट छुट दिन नसक्ने बताएका छन् । उनले काठमाडौंमा सम्पन्न ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले अहिलेको अवस्थामा सरकार भ्याट छुट दिन सक्ने क्षेमतामा नरहेको बताए ।
उनले पर्यटन व्यवसायीलाई भ्याट छुटको माग छोडेर व्यवसाय विस्तारका योजना ल्याउन आग्रह गरे। ‘राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । त्यसैले सरकारले हवाई टिकटमा भ्याट छुट दिन सक्दैन । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्धनका कार्यक्रम ल्याउनुहोस्। सरकार आवश्यक सहजीकरण गर्न तयार छ,’ उनले भने।
उनले सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको बताए ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वर्षअघि हवाई टिकटमा भ्याट लगाएका थिए। भ्याटका कारण टिकट महँगिंदा विदेशी पर्यटकहरु नेपालको साटो अन्य गन्तव्यमा जान थालेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए । उनले सरकारले व्यावसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक भएको बताए ।
सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पु¥याउने विभिन्न संघ संस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधीहरू पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।