logo

विधार्थीकालागि जापान र अष्ट्रेलिया खुल्यो ,भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह 

अध्ययनका लागि जापान र अष्ट्रेलिया जाने तयारीमा रहेका विधार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जापान र अष्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरुलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ । इक्यानले पत्रकार सम्मेलन गरेर अष्ट्रेलिया जान मात्रै तीन हजार सात सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै जापान र अष्ट्रेलिया जान बाटो खुलेको जानकारि गराएको हो ।

२०७८ मंसिर ८

पार्टीको निर्वाचनमा उम्मेदवार उठ्नेलाई कारवाही गर्छौ : नेपाल पत्रकार महासंघ 

नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन ।

२०७८ मंसिर ५

योगगुरु रामदेवलाई पर्यटनको ब्राण्ड एम्बेसडर बन्न मन्त्री आलेको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन् ।

२०७८ मंसिर ५

जलवायु परिवर्तनको असरबारे अध्यायन गर्न रारामा तीन देशका राजदूत 

मुग स्थित नेपालकै सबैभन्दा ठूलो रारा तालमा तीन देशका राजदूत पुगेका छन् । समयको विकाससँगै बढ्दै गएको जलवायु परिवर्तनको अवस्था यसले पारेको असर र न्युनिकरणका लागि भएका प्रयासका बारेमा अध्यायन अनुसन्धान गर्न तीन देशका राजदूत रारा पुगेका हुन् ।

२०७८ मंसिर १

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा ललितपुरमा साझा बस तोडफोड, बन्द गराउन खोज्ने केही कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

२०७८ कार्तिक ३०

मुस्ताङको हिमपहिरोमा १२० चौंरी हराए  

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी आइतबार दिउँसो गएको भिषण हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई हराएर बेपत्ता भएका हुन् ।

२०७८ कार्तिक २९

मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ९ जना घाइते 

मुस्ताङको कोवाङमा आइतबार हिमपहिरो खसेको छ । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको हो ।  हिमाल पारिको जिल्ला मुस्ताङको टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको हो ।

२०७८ कार्तिक २८

मुग्लिङ–पोखरा सडक विस्तार गरी चार लेन बनाइदै, रुख कटान र टहरा हटाउने काम सुरु

पृथ्वी राजमार्गअन्गर्तत ८८ किलोमिटर लामो मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएसँगै पहिलो चरणमा सडक क्षेत्रभित्र पर्ने रूख काट्ने र संरचना हटाउने काम सुरु भएको छ ।  सडक विभागअन्तर्गको सडक विस्तार आयोजनाले आँबुखैरेनी र बन्दीपुरका झण्डै दुई सय रूख काटेको छ ।

२०७८ कार्तिक २६

पेट्रोलियम पदार्थबाट चल्ने गाडीका कारण नेपालमा मनसुनजन्य विपद् आयो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनका कारण नेपालमा मनसुनजन्य विपद आइरहेको बताएका छन् । बुधबार सर्वमान्य नेता गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

२०७८ कार्तिक २४

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता दाहालको उम्मेद्वारी

नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका) ले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी

२०७८ कार्तिक १५

मिठाई बनाउन म्याद सकिएका हानिकारक रङको प्रयोग, २ लाख रुपैयाँ जरिवाना

गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सालिमार हस्पिटालिटी एण्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री गर्दै आएको सो पसललाई शुक्रबार कारवाही स्वरुप जरिवाना गरिएको हो । 

२०७८ कार्तिक १२

धापासीको कुरकुरे गोदाममा प्रशासनको छापा, गोदाममा शिल, ३ लाख रुपैयाँ जरिवाना

म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले धापासीस्थित एक गोदाममा छापा मारेको छ ।

२०७८ कार्तिक ९

विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईयो 

विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईएको छ । किवानिज इन्टरनेशनल बालबालिका क्षेत्रमा काम गर्ने एक विश्वप्रसिद्ध सामाजिक संस्था हो । त्यसैले संसारभरका अरु देशमा जस्तै नेपालमा पनि देशका विभिन्न ठाउँमा विविध सामाजिक काम गरी ‘किवानिज ओन डे ’ मनाईएको हो ।

२०७८ कार्तिक ९

अमेरिकाबाट १ लाख डोज खोप नेपाल आइपुग्यो, अब १८ वर्षमुनिकाले पनि खोप पाउने

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार विहान कतार एअरवेजको विमान मार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।

२०७८ कार्तिक ८

बेमौसमी वर्षाले दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती

बेमौसमी भारी वर्षाका कारण ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा गत मंगलबारदेखि अवरुद्ध भएको हो । भारी वर्षा र बाडीपहिरोका कारण यस क्षेत्रको दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

२०७८ कार्तिक ४

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा 

प्रधानमन्त्री शेरबहादुर देउवा विगत केही दिनदेखि परेको बेमौसमी भारी वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री भएको ३ महिनापछि देउवा पहिलोपटक सुदूरपश्चिम प्रदेश र आफ्नो गृहजिल्ला पुग्दैछन् । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायर पनि सहभागी भएका छन् । 

२०७८ कार्तिक ४

वेमौसमी वर्षा र बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

वेमौसमी वर्षा, बाढीपहिरो र डुबानबाट बिहीबार विहानसम्ममा मुलुकका विभिन्न जिल्लामा गरि ८८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सो जानकारी गराएको हो । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार अझै ३० जना बेपत्ता भएका छन् ।

२०७८ कार्तिक ४

विराटनगर विमानस्थल डुबानमा, हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एयरलाइन्सले  काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् ।

२०७८ कार्तिक ३

दसैंलाई यसरी छानौं राम्रो र गुणस्तरीय खसी

अन्य बेलाको भन्दा दसैंको समयमा खसी बोकाको मासुको खपत बढी हुन्छ । धार्मिक, साँस्कृतिक महत्वसँगै दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रुपमा पनि लिइन्छ । धेरैले घरमै खसी, बोका, च्याङग्रा, भेडा आदि काटेर मासु खाने गर्दछन् । सरकारले समेत उपभोक्ताले सहजरुपमा खसीबोका पाउन् भनेर नेपाल खाद्य तथा व्यापार कम्पनी मार्फत सहुलियत दरका खसिबोका बिक्री गर्ने गरेको छ ।

२०७८ असोज २४

नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत, शुक्रबार मन्त्री बनेका हमाल तीन दिनमै बाहिरिए

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आइतबार विहान पदबाट राजीनामा दिएका हुन । प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न आग्रह गरेको र सोही आग्रह स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

२०७८ असोज २४

विज्ञापन र व्यापारको हटस्पट बन्दै टिकटक, लाइभबाट यसरी कमाईन्छ पैसा

सन् २०१६ को अन्त्यतिर आधिकारिक रुपमा टिकटक सार्वजनिक गर्दा त्यसको माउ कम्पनी वाइडडान्सलाई पनि लाग्दैन थियो कि आफ्नो उत्पादन यतिधेरै लोकप्रिय होला भनेर । उसलाई पनि त्यस्तो अनुमान थिएन, जुन अहिले  आएर सही सावित भएको छ ।

२०७८ असोज २१

आजबाट सुरु भयो दसैं, घटस्थापनाको दिन शक्तिपिठ र घरघरमा जमरा राखियो   

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज (बिहीबार) देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । हिन्दु नेपालीको महानचार्ड बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज नै घरघरमा जमरा राखिने गरिन्छ । 

२०७८ असोज २१

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अघि उनको शव भेटिएको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चारतलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ 

२०७८ असोज २१

एनआरएनए ओसेनिया संयोजकमा दिनेशराज जोशी बलियो उम्मेदवार  

अस्ट्रेलियाका सामाजिक अभियन्ता दिनेशराज जोशीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । लामो समयदेखि एनआरएनए अभियानमा सारथी बनेका जोशीले समाज र मुलुकका लागि केही गर्न सक्छु भन्ने उदेस्यका साथ ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन लागेको बताए ।

२०७८ असोज १७

जापानमा शक्तिशाली भूकम्प, केन्द्रबिन्दु सामुद्रीक क्षेत्र 

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । सो भुकम्पको  केन्द्रबिन्दु भने सामुद्रीक क्षेत्र रहेको छ ।  जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । 

२०७८ असोज १४

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.