logo

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दुई जनामा पुष्टि

    1139   पटक पढिएको

२० मंसिर / अर्थ र व्यापार – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । 
मन्त्रालयका अनुसार एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । उनीहरू दुवैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ सहित नेपाल प्रवेश गरेका थिए ।
गत ३ मंसिरमा नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । उनले नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेका थिए । तर, ७ मंसिरमा उनी र उनको सम्पर्कमा आएका एक ७१ वर्षिय व्यक्तिलाई कोभिड–१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । 
परिक्षणको क्रममा कोभिड–१९ पोजिटिभ आएपछि एस–जिनी परीक्षण गर्दा दुबै जनामा आइतबार राति नयाँँ भेरियन्ट ओम्रिकोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिले यि दुबै जनामा गम्भीर लक्षण नदेखिएको मन्त्रालयले दावी गरेको छ । कोभिड–१९ को भाइरसमा उत्परिवर्तित भेरियन्ट ओमिक्रोन हो । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म विश्वका ३५ देशहरुमा फैलिसकेको यो भेरियन्टबाट ५७४ जना संक्रमित भैसकेका जानकारी गराईएको छ ।
नयाँ भेरियन्ट पुष्टी भएपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागि हुन आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।