logo

प्रतिनिधिसभा निर्वाचन आउन अब १७ दिन बाँकी

२१ फागुन नजिकिएसँगै मतपत्र छपाइ र पठाउने काम अन्तिम चरणमा

    208   पटक पढिएको



४ फागुन/अर्थ र व्यापार – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको दिन आउन अब जम्मा १७ दिन मात्र बाँकी छ । सो निर्वाचनको दिन नजिकिएसँगै अहिले मतपत्र छपाइ र पठाउने कार्य अन्तिम चरणमा पुगेकोे छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ कार्यलाई तिब्र बनाएको छ । निर्वाचनको दिन २१ फागुन नजिकिएसँगै अझै बाँकी पाँच लाख मतपत्र सोमबार दिनभरमा छपाइ सम्पन्न हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको काम आज रातीसम्म सम्पन्न हुने जानकारी दिए । उनले अहिलेसम्म ६ वटा प्रदेशमा पठाउने मतपत्र छपाएर सम्बन्धीत प्रदेश तथा क्षेत्रमा पु¥याउने काम भएको र अब बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र छाप्ने काम आज रातीसम्म सम्पन्न हने बताए ।
यस निर्वाचनकालागि प्रतक्ष्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जानकारी गराउँदै पौडेलले भने, ‘ प्रत्यक्ष तर्फका २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ सोमबार रातीसम्म सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं, आजबाट सकिँदैछ ।’
उनले आज छपाइको काम सम्पन्न भएपछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ भई बागमती प्रदेशको बाँकी जिल्लामा ढुवानी हुने जानकारी दिए । दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको बताएको छ ।
२ करोड ८ लाख ३० हजार समानुपातिक तर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न भएर सम्बन्धीत जिल्लामा पठाउने कार्य भइरहेको सो केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेसम्म काठमाडौबाट विकट निर्वाचन क्षेत्र कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि आगामी १२ फागुनसम्म पुगिसक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।