logo

मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ९ जना घाइते 

    1402   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार – मुस्ताङको कोवाङमा आइतबार हिमपहिरो खसेको छ । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको हो । 
हिमाल पारिको जिल्ला मुस्ताङको टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको हो । सो हिउँपहिरोबाट ठुलो मानवीय क्षति भएको विवरण भने अहिलेसम्म आएको छैन । त्यहाँ विशेषगरि, स्थानीयबासीको चरन क्षेत्र भएकाले जनावरलाई भने असर परेको हुन सक्ने प्ररम्भिक अनुमान गरिएको छ । 
हिमपहिरो गएको क्षेत्रको जानकारी लिन अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । हिमपहिरोले मानवीय त्रास भने बढेको छ । सो क्षेत्रमा गएको हिमपहिरो अहिलेसम्मकै ठुलो भएको बताइएको छ ।  हिमपहिरोले भेटने र हावाको त्रासले त्यहाँको स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थी र शिक्षकहरुको भागदौड नै मच्चिएको थियो । सोही भागदौडको क्रममा लडेर ९ जना विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् । 
अहिले घाइते भएका उनीहरुलाई उपचारका लागि सदरमुकाम जोमसोम लगिएको छ । ठुलो आवाज सहित सो हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा त्यस विद्यालयका विद्यार्थी र शिक्षकहरु डराएका हुन् । सो हिमपहिरोमा केही जंगली जनावर परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।