logo

व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कडाई , १० प्रतिशतभन्दा बढाउन नपाइने

नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणकालागि कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउनकालागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्र बैंकले काडाई गरि यस्तो हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले मंगलबार राति बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ ।

२०७८ कार्तिक ३

दशैं / तिहारमा बैंकरलाई जम्मा १२ दिन बिदा 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारको बिदाको व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि दशैं तथा तिहारमा गरि जम्मा १२ दिन बिदा दिने व्यवस्था गरेको हो । यसपाली राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैंमा ६ दिन बिदा पाउनेछन् ।

२०७८ असोज २४

नबिल बैंकको ‘दशैं धमाका अफर’मा यस्ता छन् छुट र सुविधा

नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशै धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक पाउन सक्नेछन । 

२०७८ असोज २०

सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने

सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

२०७८ असोज २०

राष्ट्रिय वाणिज्य बैंकका ७ नयाँ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु बिस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । 

२०७८ असोज १९

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियोबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

२०७८ असोज १९

आशा लघुवित्तका सेयरधनीले २५ प्रतिशत बोनस पाउने

आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

२०७८ असोज १८

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो ।

२०७८ असोज १८

दशैंअघि किस्ता बुझाउन ऋणीलाई बैंक तथा वित्तीय संस्थाको ताकेता 

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अघि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि ताकेता गर्न थालेका छन् । दशैंकालागि आगामी २६ असोजदेखि ५ दिनको विदा शुरु हुन्छ । दशैं विदापछि असोज मसान्तको अन्तिम दिन ३१ असोजमा बैंक खुल्ने छ । बैंक तथा वित्तीय संस्थाले तीन महिना र एक महिनामा ऋणको किस्ता र ब्याज तिर्ने सत्रमा ऋण दिएका हुन्छन् ।

२०७८ असोज १४

ग्लोबल आईएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरूलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७८ असोज १२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेस्ट होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेस्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्डवाहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहकले द एभरेस्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

२०७८ असोज १२

वाणिज्य बैंकहरूमा निक्षेपभन्दा कर्जा विस्तार तीन गुणा बढी

वाणिज्य बैैंकरूमा पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव भइरहेको बेला बैंकहरूले भने निक्षेपभन्दा कर्जा नै बढाएर बसेका छन् । असोज पहिलो साताको तथ्यांका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन भदौ मसान्तको तुलनामा नौ अर्ब रुपैयाँले मात्रै बढेको छ । यो समयमा बैंकहरूको कर्जा प्रवाह भने ३१ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

२०७८ असोज १२

दशैंमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई २० प्रतिशत विशेष छुट

नेपालीहरुको महान चाड दसैंको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सो सम्झौता अनुसार कुमारीका ग्राहकले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा आइतबारदेखि  आगामी १८ असोजसम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्ने सक्ने छन् ।

२०७८ असोज ११

बैंकर्स संघको निर्वाचन कात्तिकमा 

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्वाचन आगामी कात्तिकमा हुने भएको छ । निर्वाचनसँगै हुने वार्षिक साधारणसभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने छ । संघले कात्तिक अन्तिममा साधारणसभा गर्ने टुङ्गो गरेको छ । अध्यक्ष भुवन दहालको २ बर्षे कार्यकाल पुरा हुँदैछ । त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छनोट गर्ने छ ।

२०७८ असोज ११

माछापुच्छ्रे बैंकको बम्पर अफर

माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यही शुक्रबारदेखि आगामी १७ असोजसम्मका लागि लागू भएको सो बैंकले जनाएको छ । 

२०७८ असोज १०

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अतर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

२०७८ असोज १०

अब बैंक/वित्तीय संस्थाले कोरोना प्रभावितलाई दिएको कर्जाको विवरण वार्षिक प्रतिवेदनमा खुलाउनुपर्ने

अब बैंक/वित्तीय संस्थाले कोरोना प्रभावितलाई दिएको कर्जाको विवरण समेत वार्षिक प्रतिवेदनमा खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कोरोनाका कारण प्रभावित भएका उद्योगी व्यवसायीलाई दिएको कर्जाको विवरण समेत आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

२०७८ असोज ८

सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश दिने 

सानिमा बैंकले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

२०७८ असोज ७

ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी

ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपूर्ण कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचबिखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । 

२०७८ असोज १

बैंकहरुले भोलीबाट ऋणको ब्याज बढाउँदै, घरजग्गा व्यवसायमा असर

पछिल्लो समय बजारमा तरलता अभाव भएसँगै बैंकहरुले आगामी १ असोजबाट लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका छन् । बैंकसँग कर्जा लगानी योग्य रकमको चरम अभाव भएपछि निक्षेप आकर्षित गर्न उनीहरुले ब्याजदर बढाउने नीति लिएका हुन् । 

२०७८ भदौ ३१

मोबाइल बैंकिङ भुक्तानीको सीमा बढाइँने, डिजिटल हस्ताक्षर र भेरिफिकेसनमा कडाई

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अवस्थालाई मध्येनजर गरि नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८’ कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले यसअघिको निर्देशन २०७७ लाई खारेज गर्दै भुक्तानी सम्बन्धी नीतिहरू परिवर्तन गरेको हो । 

२०७८ भदौ ३०

सानिमा बैंकका ग्राहकले सुन्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन किन्न पाउने

सानिमा बैंकका ग्राहकले  सुन्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच यस्तो सुविधान सम्बन्धी सम्झौता भएको हो । 

२०७८ भदौ २९

बैंकहरुले गर्ने आपसी सापटी कारोबार अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुग्यो 

बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै यस्तो कारोबारको व्याजदर ब्याजदर बढेको हो ।  बैंक तथा वित्त कम्पनीहरुले गत २६ भदौसम्म ४५ खर्ब ३४ अर्ब १३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा २५ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ लगानी योग्य रकम रहेको छ ।

२०७८ भदौ २९

राष्ट्र बैंकले दसैं अघि नै बाँड्न थाल्यो नयाँ नोट

कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिन बाट सुरु हुने दसैंका लागि अहिले देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । आगामी दसैं सुरु हुने घटस्थापनाको दिन भन्दा करिब एक महनिा अघि गत साता देखि नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई दसैंको नयाँ नोट उपलब्ध गराउन थालेको हो ।

२०७८ भदौ २७

नबिल ब्यालेन्स्ड फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अर्को म्युचुल फण्ड निष्काशनमा ल्याएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशनमा ल्याएको हो। नबिलको सो फण्डको इकाईका लागि शुक्रबार २५ भदौदेखि आवेदन दिन सकिनेछ।

२०७८ भदौ २५

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.