logo

दशैंअघि किस्ता बुझाउन ऋणीलाई बैंक तथा वित्तीय संस्थाको ताकेता 

    1209   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अघि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि ताकेता गर्न थालेका छन् । दशैंकालागि आगामी २६ असोजदेखि ५ दिनको विदा शुरु हुन्छ ।
दशैं विदापछि असोज मसान्तको अन्तिम दिन ३१ असोजमा बैंक खुल्ने छ । बैंक तथा वित्तीय संस्थाले तीन महिना र एक महिनामा ऋणको किस्ता र ब्याज तिर्ने सत्रमा ऋण दिएका हुन्छन् । यो पटक दशैं असोज मसान्तमा रहेको हुँदा बैंक तथा वित्तीय संस्थाले असोजको दोस्रोसातादेखि नै ऋणीलाई किस्ता तिर्न यस्तो ताकेता गरेका हुन् । 
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ठूलादेखि साना सबैलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीले मिलेसम्म दशैं अगाडि नै किस्ता तिर्न अनुरोध गरेका छन् । व्यवसायीहरुका अनुसार कतिपय बैंक तथा वित्तीय संस्थाले दशैंको विदा अगाडि शुरु हुनु अघि जसरी भएपनि किस्ता तिर्नका लागि दबाब आएको बताउँछन् । व्यवसायीहरुले धेरैजसो समय ऋणको किस्ता र ब्याज तोकिएको अन्तिम दिनमात्रै दिने गर्छन् । 
आगामी असोज मसान्तसम्ममा आयकरको व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा कर तिनुपर्ने दबाब छ । ‘नियमित बैंकको ऋण तिरिरहेपनि दशैंअघि नै किस्ता तिर्नका लागि दबाब आएको छ, दशैंको विदा सकिएपछि अन्तिम दिन ३१ असोजमा तिर्दा हुने किस्ता दशैं अघि नै तिर्नका लागि फोन बढी आएको छ,’ एक व्यवसायीले भने ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु भने असोजको अन्तिम साता दशैंको विदा रहेको हुँदा खातामा पैसा भएका व्यवसायीलाई दशैं अगाडि किस्ता तिर्नका लागि अनुरोध गरेर फोन गरेको बताउँछन् । ‘हामीले ऋणीलाई महिना र त्रैमासको अन्तिममा किस्ता बुझाउने समय आयो भनेर फोन गर्ने गरेका छौं, यो पटक असोजको अन्तिम साता दशैंको विदा छ त्यसैले अहिलेदेखि नै पैसा छ भने तिर्नुहोस् भनेर फोन गरेको हो,’ एक बैंकका शाखा प्रबन्धकले भने ।
बैंक तथा वित्तीय संस्थाले दिएको ऋण पहिलो त्रैमासमा नउठेमा २५ प्रतिशत, दोस्रो त्रैमासमा नउठेमा ५० प्रतिशत र एक वर्षमा पनि नउठेमा शतप्रतिशत रकम प्रोभिजन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अहिले ४७ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा दिएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।