logo

उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य : गभर्नर पौडेल

    521   पटक पढिएको

२२ कात्तिक/अर्थ र व्यापार- नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको र विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै गभर्नर पौडेलले भने– ‘व्याजदर कम छ, तरलता उच्च छ, राष्ट्र बैंकमा ८ खर्बभन्दा बढी, विदेशी विनिमय २२ खर्बभन्दा बढी छ । तपाईंहरूले माग गर्नु स्वभाविक हो, तर हामीलाई पनि सहयोग गर्नुस् उत्पादन बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् ।’

गभर्नर पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले निजी क्षेत्र र सरकार आ–आफ्नो गतिमा दौडिनुपर्ने उल्लेख गरे । ‘अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च हो । सरकारले खर्च बढायो भने माग पनि बढ्छ । तपाईंहरू आफ्नो गतिमा दौडनुस्, सरकार पनि आफ्नो गतिमा दौडनेछ, अन्ततः सबै सँगै अगाडि पुग्छौं ।’ उनले ब्याजदर करिडोरको तल्लो सीमा जोगाउनका लागि राष्ट्र बैंकले २५ अर्ब खर्च गरेको बताए । पौडेलले बैंकिङ प्रणालीमा ‘एभरग्रिनिङ’ समस्या अझै विद्यमान रहेको बताए । ‘पुराना ऋणीले ब्याज तिर्न कर्जा लिन्छन् भने नयाँ नवप्रवर्तनकारीले कर्जा पाउँदैन,’ उनले भने,’कुनै फर्मले लाभ दिन नसकेको हो भने त्यसलाई छोडिदिए पनि हुन्छ ।’

अहिले करिब डेढ लाख व्यक्ति कालोसूचीमा परेकोले कर्जाको माग घटेको उनले बताए । ‘व्यवसायी नै कालोसूचीमा परेपछि कर्जाको माग नहुने अवस्था छ,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।