logo

ग्लोबल आईएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता

    1642   पटक पढिएको

 

१२ असोज /अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरूलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गरेको छ । 
सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधनसहित)अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रापालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रतिग्राहक अधिकतम १० लाख रुपैयाँ मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने परियोजनाअन्तर्गतका ऋणीहरूलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ । 
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाको पहुँच पु¥याउने ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ५० एटीएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८  सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।