logo

माछापुच्छ्रे बैंकको बम्पर अफर

    1342   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यही शुक्रबारदेखि आगामी १७ असोजसम्मका लागि लागू भएको सो बैंकले जनाएको छ । 
जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तीमा तीनवटा कारोबार गरी दैनिक २ सय १० रुपैयाँसम्म र अफर अवधिभर अधिकतम २ हजार १ सयसम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकले दैनिक आकर्षक उपहार पनि जित्न सक्ने सो बैंकले जनाएको छ ।  आकर्षक उपहारमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्याँस स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टहरूबाट प्रि गिफ्ट कुपन ट्राभल प्याकेज, फुडमान्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेटलगायत थुप्रै उपहार रहेका छन् ।
यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीभी साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचर जित्न सकिनेछ । कार्टोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेट र दारजबाट खरिद गर्दा ४ सय १० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।
डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्ये एक जनाले मेगा बम्पर उपहारस्वरूप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ । माछापुच्छ«े बैंक आगामी  १७ असोजबाट २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गर्दै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।