१७ साउन/अर्थ र व्यापार– एसियाली विकास बैंक (एडिबी)ले खानेपानी र नागरिक उड्डनसँग सम्बद्ध आयोजना कार्यान्वयनमा सोचेअनुरुप प्रगति हुन नसकेको भन्दै आवश्यक सुधारका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताएको छ । एडिबी, नेपाल सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय समीक्षा बैठक (ट्रिपार्टाइट पोर्टफोलियो रिभ्यू मिटिङ)को उदघाटन सत्रमा एडिबीका डेपुटी डाइरेक्टर जनरल दिवश शरणले ती आयोजनामा अहिलेकै रफ्तारमा काम हुँदा समयमै सम्पन्न हुन सक्ने अवस्था नरहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
१६ साउन/अर्थ र व्यापार– उद्योगहरुले आफ्नो वार्षिक प्रगति विवरण अनिवार्य रुपमा उद्योग विभागलाई बुझाउनुपर्न भएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ मा प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिने व्यवस्था छ । उद्योगहरुले अबदेखी अनिवार्य रुपमा उद्योगको वार्षिक प्रगति विवरण विभागमा दिनुपर्ने उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए । उद्योग विभागले उद्योग सञ्चालनको वार्षिक विवरण अनलाइनमार्फत विभागमा पठाउन सकिने गरि इण्डष्ट्रिएल स्टाटिस्टिक इन्ट्री सिस्टम तयार पारेको छ ।
१६ साउन/अर्थ र व्यापार–सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएका विभिन्न संस्थान तथा बोर्डका पदाधिकारीका मुद्दा सर्वोच्च प्रशासनले स्थगित गरेको छ । यसअघि अन्तरिम छलफलका लागि अदालत स्वयंमले तोकेको मितिमा प्रशासनले पेसी स्थगित गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया जारी रहेको अवस्थामा अदालत प्रशासनबाटै सरकार विपक्ष भएका मुद्दा स्थगित भएका हुन् । बुधबार अन्तरिम छलफलका लागि बोलाइएका डा. भूपेन्द्र प्रसाद, गंगाधर पराजुली, विमल कुमार निरौला, लिलाराम शर्मा र चन्द्रसिंह साउदका मुद्दा सर्वोच्चले नै दैनिक पेसीबाट स्थगित गरेको हो ।
१५ साउन/अर्थ र व्यापार– मलेसियाको संसदमा मलेसियामा काम गर्न चाहने नेपाली कामदारहरुको समस्याको बिषयमा छलफल भएको छ । नेपालले कामदार पठाउन रोक लगाउने निर्णयमाथि मलेसियाको संसदमा छलफल भएको हो । आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपालको निर्णयबारे छलफल हुने मलेसियाका मानव संशाधनमन्त्री एम कुलशेगरनले बताएका छन् । मन्त्रिपरिषदको बैठकले पछिल्लो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने निर्णय लिने समेत बताएका छन् ।
१४ साउन/अर्थ र व्यापार– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटबार्ता भएको छ । भेटमा इजरायली राजदूत ओमेरले, इजरायल उर्जा र सिंचाईको क्षेत्रमा पनि सहकार्य गर्न आतुर रहेको बताएका हुन् । नेपालको कृषि क्षेत्र आधुनिकीकरणमा सहकार्य गरिरहेको छ ।
१४ साउन/अर्थ र व्यापार– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको पहिलो नयाँ जहाज 'अन्नपूर्ण'लाई आइतबार एयर अपरेशन सर्टि्फिकेट (एओसी) दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको चरणबद्ध अध्ययन सकिसकेपछि अन्नपूर्णलाई एओसी दिइएको प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
१४ साउन/अर्थ र व्यापार– भरतपुर महानगरपालिकामा जग्गाको न्यूनतम सरकारी मूल्यांकननै कठ्ठाको दुई करोड ५५ लाख रुपैयाँ पुगेको छ । यो मुल्य काठमाडौं पछिकै महंगो हो । व्यवसायीहरुका अनुसार सरकारी मूल्यांकन अढाई करोड तोकिएको क्षेत्रमा अहिले कठ्ठाको पाँच करोड रुपैयाँसम्म कारोबार भइरहेको छ । नारायणगढ बजार क्षेत्रमा महेन्द्र राजमार्गसँग जोडिएका जग्गाको सरकारी मूल्य २ करोड ५४ लाख ८० हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्ष त्यही जग्गाको न्यूनतम मूल्यांकन कठ्ठाको एक करोड ८२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ को लागि प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ थियो ।
१३ साउन/अर्थ र व्यापार– बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने र बीमितको हक हित रक्षाका लागि भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार बीमा विधयेक संसदमा पेश गरेको छ । बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गरिने ब्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन् ।
१३ साउन/अर्थ र व्यापार– रसुवागढी राजमार्गको घट्टेखोलामा अवस्थित पक्की पुलको जगमा अविरल वर्षाले क्षति पुरयाएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई रोक लगाइएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा पानीको बहाव बेजोडसँग बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्याएको स्थानीयवासीले बताए ।
नेपाल एयरलाइन्स कर्पोरेशनले अन्तराष्ट्रिय हवाई उड्डयनको क्षेत्रमा आप्mनो उपस्थितिलाई सबल र प्रभावकारी बनाउन झण्डै एक महिनाको अवधिमा एयरबस
८ साउन/अर्थ र व्यापार– मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले नेपाली कामदारहरूमाथी मलेसिया जानेक्रममा भएको भ्रष्टाचारको अभियोगमा आफु र आफ्नो परिवारको कुनै संलग्नता नभएको बताएका छन् । पूर्व उपप्रधानमन्त्री हमिदीले ‘आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न वा यस घटनामा मैले कुनै पनि शक्तिको दुरुपयोग गरेको वा परिवारको कुनै पनि सदस्यको यसमा संलग्नता छैन भन्ने प्रमाणित गर्न वा म त्यसमा सामेल छैन भन्ने प्रमाणित गर्नका लागि पनि मलेसियाको एन्टि करप्सन कमिसन (एमएसीसी)को अनुसन्धानको सामना गर्न तयार रहेको पनि बताएका छन् ।
८साउन/अर्थ र व्यापार– गत आर्थिक वर्ष २०७४–७५ मा घरजग्गा कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ कुल राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७३–७४ को तुलनामा यस आर्थिक बर्षमा ४ अर्र्ब रुपैयाँ बढी राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा २६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।
७ साउन/अर्थ र व्यापार– बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा दिउँसो पौने १२ बजे आगलागी भएको बारा प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि प्रयास भइरहेको बाराका प्रहरी नायब उपरिक्षक रञ्जीतसिंह राठौरले बताए ।
६ साउन/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोडालिटी टुंगो लगाई निर्माणको औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका छन् । निर्माण मोडालिटी टुंगो लगाउनुअघि नै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विमानस्थल बनाउन अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका हुन् ।
६ साउन/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै गत जेठ २ गतेभन्दा अघि भिसा प्राप्त गरी अन्तिम श्रम स्वीकृतिको प्रक्रियामा रहेका करिब साढे ४ सय जना नेपालीलाई मलेशिया जान सक्ने बताएको छ । श्रम मन्त्रालयले जेठ २ गते एकपक्षीय रुपमा खडा गरिएका ३९ स्वास्थ्य संस्थाहरुको सिन्डिकेट अन्त्य गरी मापदण्ड पूरा गरी मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो । त्यसयता मलेशिया जान नेपाली कामदारलाई रोक लगाइएको थियो ।
६ साउन/अर्थ र व्यापार– धुलो र हिलाले सास्ती खेप्दै आएका उपत्यकाबासीलाई यसबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ । उपत्यकाका निर्माणाधिन सडकको म्याद सरकारले एक वर्ष थपिदिएपछि अरु थप १ बर्ष उपत्यकाबासीले सास्ती खेप्न पर्न भएको हो । सर्वोच्च अदालतले उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश दिएपछि म्याद थपिएको इन्जिनियर विश्वविजयलाल श्रेष्ठले जानकारी दिए ।
४ साउन/अर्थ र व्यापार– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन २०१९ भित्र सक्ने लक्ष्यका साथ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मापन कार्यका लागि १५ करोड रुपैया विनियोजित गरेको छ ।
४ साउन/अर्थ र व्यापार– महानगरपालिकाले साता दिन देखी सडकमा थुप्रिएको फोहर नउठाउ‘दा राजधानी शहर काठमाडौं दुर्गन्धमा परिणत भएको छ । महानगरपालिकाले डम्पिङ साइट सिसडोल भरिएको वर्षाले सडक अवरुद्ध भएपछि साता दिनदेखि फोहोर नउठाएको हो । महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्ग्न्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ ।
४ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो ।यसअघि बिहीबार ११० रुपैयाँ ६२ पैसासम्म पुगेको थियो । खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ । कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय रुपैयाँसँगै नेपाली मुद्रा कमजोर बनेको हो । भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थितर बिनिमय दर छ ।
४ साउन/अर्थ र व्यापार– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ । अर्थमन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ । यो कार्यविधि भदौंसम्ममा बन्ने मन्त्रालयले जनाएको छ। दुई महिनामा कार्य्विधि तयार गरी यी कार्यक्रम आर्थिक वर्षको तेस्रो महिनादेखि कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको योजना छ ।
१ साउन/अर्थ र व्यापार– डा. गोविन्द केसीको समर्थनमा भोलि बिहीबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुने भएको छ । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकारलाई संवेदनशील हनको लागि १ दिन बन्द गर्न लागिएको चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१ साउन/अर्थ र व्यापार– अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा आर्थिक वर्ष २०७४/७५ मा दोब्बर बढी लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा ३ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएको उद्योग विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा एक खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएका थिए ।
१साउन/अर्थ र व्यापार– राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने भएपछि सरकारले पद रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ । सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले निर्दे्शिका तयार गरेको हो । निर्दे्शिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।
१ साउन/अर्थ र व्यापार– विभिन्न समस्याको बावजुत सरकारले आर्थिक बर्ष ०७४/७५ मा ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य भेट्याएको छ । ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याइएको थियो । करका दर परिवर्तन नगरी बजेट ल्याइएकाले अघिल्लो वर्ष विस्तारित आधारभित्रै रहेर २९.३ प्रतिशत राजस्व बढाउने लक्ष्य भेट्याउन चुनौतीपूर्णनै थियो ।
२९ आषाढ/अर्थ र व्यापार– कोटेश्वर–कंलकी पहिलो सडक खण्डको डिजाइनमै त्रुटी भेटिएपछि दोस्रो खण्डको कंलकी–महारागञ्ज सडक खण्डमा डिजाइननै परिवर्तन गरेर सडक विस्तार गर्ने भएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कंलकी–महारागञ्ज खण्ड ८.२ किलोमिटर लामो हुने छ । यो खण्ड पनि पहिलो खण्ड जस्तै ८ लेनकै हुनेछ । चीन सरकारको छ अर्ब रुपैयाँ अनुदान सहयोगमा विस्तार गर्न लागिएको यो सडक काम सुरु गरेको चार बर्षमा सक्ने लक्ष्य लिईएको छ ।