logo

शुक्रबार संचालनमा आउन सकेन कंलकी अण्डरपास, चिनियाँ दूतावासको अनुमति चाहिने

    1911   पटक पढिएको


१ भदौ/अर्थ र व्यापार– नेपालकै पहिलो ‘अण्डरपास वे’ कंलकीको भुमिगत बाटो आजदेखी सञ्चालनमा आउने भनेपनि सञ्चालनमा आउन सकेन । 

अण्डरपास निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन कम्पनीले दूतावासको अनुमति नआएकोले अण्डरपास संचालनमा ल्याउन नमिल्ने जानकारी दिएको हो । 

सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले शुक्रबार विहानदेखि अण्डरपास संचालनमा ल्याउने तयारी गरेका भएपनि कन्स्ट्रक्सन कम्पनीले राजदूतावासको निर्देशन पाएपछि खोल्छौं भन्ने जानकारी आएपछि अण्डरपास संचालनलाई केही पर सारेको बताए । हामी आज शुक्रबारनै चिनियाँ दूतावासमा पत्र पठाउने जानाकारी दिए । 

८ सय मिटरको यो बाटो कंलकी चोकबाट खसीबजार तर्फ चार सय र कंलकी चोकबाट सितापाइलातर्फ चार सय मिटर अण्डरपास छ । अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम भने बाँकी छ । 

अहिले बनिरहेको अण्डरपास’ चक्रपथ हिड्ने सवारीसाधनले प्रयोग गर्ने छ। अण्डरपास चार लेनमा निर्माण भैरहेको छ । दुईवटा लेन आउन र दुईवटा लेन जानका लागि प्रयोग हुन्छ । 

चक्रपथ परिक्रमा गर्दा अब कंलकी चोकमा रोकिनुपर्दैन् । कालीमाटीतिरबाट थानकोट जानरआउन अण्डरपासमाथि निर्माण भएको सडक प्रयोग हुनेछ ।

दुई वर्ष अघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो । अण्डरपास संचालनमा आएपछि कंलकीको जाम कम हुने अपेक्षा गरिएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।