logo

जापानमा अगष्ट २५ र २६ मा नेपाल फेस्टिबल हुने

    5075   पटक पढिएको

२२ श्रावण / अर्थ र व्यापार- जापानमा बिगत १० बर्ष देखि आयोजना हुँदै आएको ११ औं नेपाल फेस्टिबल आगामी अगष्ट २५ र २६ तारिखमा टोकियोको सेतागाया कु स्थित कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुने भएको छ । नेपाल फेस्टिवल एनआरएनए जापान र नेपाली राजदुतावासको संयुक्त  आयोजना र जापानस्थित सम्पूर्ण संघ–संस्थाको सहआयोजनामा हुने नेपाल फेस्टिवल–२०१८ का संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीले अर्थ र व्यापारलाई वताए ।

नेपाल र नेपालीको पहिचानको पर्व नेपाल फेस्टिवलको आन्तरिक तथा प्रशासनिक तयारी पूरा भई सकेको आयोजकले जनाएको छ । यसपटकको नेपाल फेस्टिवल विगतको भन्दा फरक र बिशेष रुपमा सम्पन्न गर्ने तयारी आयोजकको छ । फेस्टिवलमा नेपाल आईडल लाईभ शो, नेपालको पर्यटन प्रवर्धनमा काम गरिरहेको जापानिज संस्था नेपाल टुरिजम प्रमोसन एसोसीएसन्को प्रत्यक्ष सहभागिता र सोही संस्थाले फेस्टिवलमा नेपाल चिनाउने, बौद्धनाथ स्तुप, स्टेजको पछाडी स्क्रिनमा लगातार नेपाल सम्बन्धि जानकारी दिने सन्देश मुलक भिडियो तथा बायोग्राफÞीहरु प्रदर्शन हुने फेस्टिवलका संयोजक भण्डारीले वताए ।

नेपाल फेस्टिवलले नेपाल र नेपालीको कला,संस्कृति, भेषभूषा,खाना र पर्यटकिय सौन्दर्यताको प्रचार संग नेपालको पर्यटन प्रबद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।