logo

जयनगर–जनकपुर रेलमार्गको परीक्षण सुरु, आगामी पुसबाट सञ्चालनमा आउने 

    1913   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– जयनगर–जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ । 
बुधबार जयनगरदेखि–खजुरी करिव ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए ।

उनका अनुसार आज थप १० किमी खण्डको थप परीक्षण भैरहेको छ । यसपछि बाँकी  सबै खण्डको परीक्षण गरिने रेल विभागले जनाएको छ ।

रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेज रेलमार्ग विछ्याउने काम करिव अन्तिम अवस्थामा पुगेको छ । भारतको १० अर्ब रुपैयाँ सहयोगमा यो खण्डको रेलमार्ग निर्मांण भैरहेको छ ।

जनकपुर–जयनगर ३५ किलोमिटर लामो रेलमार्ग आगामी पुसबाट सञ्चालन गर्ने रेल विभागको तयारी छ । 

निर्माणाधीन रेलमार्ग ब्रोड गेज भएकाले भारतबाट चालक र व्रोडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने गरी तयारी भैरहेको रेल विभागले जनाएको छ । रेल करिव डेढ बर्षका लागि लिजमा लिन लागिएको बिभागले जनाएको छ ।  

विभागका अनुसार डेढ बर्षमा नेपाली प्राविधिकहरु रेल चलाउनका लागि दक्ष हुने र नेपालले आफै डब्बा किनेपछि आफ्नै रेल सञ्चालनमा आउने छ ।

१० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ । निर्माणाधीन रेलमाग वेट लिज मोडलमा सञ्चालन गर्न लागिएको हो ।

रेलको डिब्बा किन्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस वर्ष बजेटमा ५० करोड रुपैयाँ मात्रै सरकारले छुट्टयाएपछी विभागले भारतसँग भाडामा लिएर रेल चलाउने तयारी गरेको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।