logo

सर्वोच्चले स्थगित गर्यो राजनीतिक नियुक्तिका मुद्दा

    1795   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार– सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएका विभिन्न संस्थान तथा बोर्डका पदाधिकारीका मुद्दा सर्वोच्च प्रशासनले स्थगित गरेको छ ।

यसअघि अन्तरिम छलफलका लागि अदालत स्वयंमले तोकेको मितिमा प्रशासनले पेसी स्थगित गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया जारी रहेको अवस्थामा अदालत प्रशासनबाटै सरकार विपक्ष भएका मुद्दा स्थगित भएका हुन् ।

बुधबार अन्तरिम छलफलका लागि बोलाइएका डा. भूपेन्द्र प्रसाद, गंगाधर पराजुली, विमल कुमार निरौला, लिलाराम शर्मा र चन्द्रसिंह साउदका मुद्दा सर्वोच्चले नै दैनिक पेसीबाट स्थगित गरेको हो ।

पेसी तोक्ने अन्तिम निर्णय प्रधानन्यायाधीशको हुन्छ । हाल पेसी व्यवस्थापन कायम मुकायम प्रधानन्यायाधीश जोशीले गर्दै आएका छन् ।

यसअघि मंगलबार सरकारले नियुक्ति खारेज गरी अल्पकालीन आदेशमार्फत् पुनर्बहाली भएका वसन्त प्रकाश उपाध्याय, दक्ष पौडेल, नरेन्द्रराज बस्नेत, नवीनकुमार झा र निकिता पौडेलको मुद्दा स्थगित गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।