logo

नाराबाजीकैबीच संसोधित बजेट दुवै सदनबाट पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । बिहीबार पारित भएको संसोधित नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ ।

२०७८ असोज ७

१५ असोजसम्म बक्यौता भुक्तानी नभए तार काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट/केवल टीभी सेवाप्रदायकलाई आगामी  १५ असोजभित्र नयाँ व्यवस्थाअनुसारको शुल्क तिर्न तथा सम्झौता नवीकरण नगरे तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी  १५ असोज भित्र परिमार्जित भाडा तिर्न तथा सम्झौता नवीकरण गर्न ताकेता गरेको हो ।

२०७८ असोज ७

बजेटमा राखिएको फलामे डण्डीको कर प्रकरणले अर्थमन्त्री र प्रधानमन्त्रीबीच खटपट

नेपालमै फलामे डण्डीको उत्पादन गर्न भन्दै बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा गरिएका व्यवस्थाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट मार्फत प्रतिस्थापन विधेयकमा स्पन्ज आइरनको आयातमा विशेष सहुलियतको व्यवस्था गरेका थिए । अर्थमन्त्रीले आर्थिक विधेयकमा गरेका व्यवस्थाले नेपालमा संचालित २४ उद्योग धराशायी हुने रोलिङ मिल संचालकहरुले बताइरहेका छन् । अर्थमन्त्री शर्माले ल्याएको प्रतिस्थापन विधेयकमा स्पन्ज आइरन कच्चा पदार्थ आयातमा भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

२०७८ असोज ७

धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन सरकारलाई

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।

२०७८ असोज ५

विकास रणनीति स्पष्ट नहुँदा पूँजीगत बजेट खर्च गर्न समस्या :अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले विकास रणनीति स्पष्ट नभएकाले पूँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । यसैगरि, उनले अर्थ मन्त्रालयले सबै अधिकार आफैंसँग राख्नाले पनि बजेट खर्चमा समस्या रहेको बताए । मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन ।

२०७८ असोज ५

‘मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब कर छलियो, छानविन होस’

नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलि भएको र त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले यस्तो माग गरेका हुन् ।

२०७८ असोज ४

प्रमुख प्रतिपक्षी दलको अवरोध र नाराबाजीकाबीच विनियोजन विधेयक बहुमतले पारित 

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेको अवरोध र नाराबाजीकाबीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।सो विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

२०७८ असोज ४

संविधान दिवसमा यि उद्योगी व्यवसायी परे ‘विभूषण र पदक’ छनोटमा  

संविधान दिवसका अवसरमा विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरु विभूषण र पदकबाट विभूषित हुने भएका छन् । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुको नाम छनोटगरि सम्मान गर्ने निर्णय गरेको हो ।

२०७८ असोज ३

आजदेखि सुपथ मूल्यका पसल, चिनी र सिमी पाईंदैन

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सरकारी स्वामित्वमा सञ्चालित तीन कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा नै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन ।

२०७८ असोज १

संवैधानिक बन्देज हुने भएपछि हतारमा सरकारी ढुकुटीबाट एकदिनमै झन्डै १५ अर्ब खर्च

आजबाट संवैधानिक बन्देज हुने भएपछि हतारमा सरकारी कोषबाट एकदिनमै झन्डै १५ अर्ब रुपैयाँ खर्च गरिएको छ । यो रकम चालु खर्च हो । बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएपछि हतारमा सरकारले कर्मचारीलाई भदौको तलब खुवाउन देखि दैनिक कार्य सञ्चालन गर्न एकदिनमै एतिधेरै रकम खर्च गरेको पाईएको छ  । 

२०७८ भदौ ३१

‘बजेट होलिडे’ ले सरकारको खर्चमा संवैधानिक बन्देज,राष्ट्रपति र उच्चपदमा बस्नेलाई दिईने खर्च नरोकिने 

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको अवरोधका कारण संसदबाट बजेट पास नभएपछि देसको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’को अवस्था उत्पन्न भई बुधबार राती १२ बजेदखि सरकारले गर्ने नियमित खर्चमा बन्देज लाग्यो । नेपालमा बजेट प्रणाली सुरू भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्च समेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालमा सुवर्ण शमशेर राणाको पालादेखि बजेट प्रणाली सुरू भएदेखिको इतिहासमा पहिलोपटक भएको हो ।

२०७८ भदौ ३१

नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भारतीय निजी कार्गो रेल विरगञ्ज सुख्खा बन्दरगाहमा

नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भएको छ । भारतीय निजी कम्पनीको कार्गो रेल पहिलोपटक सामान लिएर बुधबार विरगञ्ज सुख्खा बन्दरगाहमा आइपुगेसँगै नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भएको हो । भारतीय निजी रेल सेवा कम्पनी हिन्द टर्मिनल प्रालि(एचटीपीएल)ले नेपालमा पहिलो पल्ट आफ्नै रेलमा विभिन्न ढुवानीका सामान विरगञ्जको सुख्खा बन्दरगाहमा ल्याएको छ ।

२०७८ भदौ ३०

श्रम सहकारीको नाममा १० करोडको आयोजना बनाउने व्यवस्था खारेज गर्न निर्माण व्यवसायी माग 

सरकारले प्रतिस्थापन बजेट विद्येयक मार्फत ल्याएको बिना प्रतिस्पर्धा आपसी समझदारीमा १० करोड रुपैयाँसम्मको आयोजनामा श्रम समूह वा सकारीको नाममा सहभागी हुने पाउने व्यवस्था खारेजी गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग माग गरेको छ। बजेट अध्यादेश प्रतिस्थापन गर्न संसदमा प्रस्तुत भएको विनियोजन विधेयकमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था गरेका थिए ।

२०७८ भदौ ३०

लगातारको संसद् अवरोधले इतिहासमै पहिलोपटक ‘बजेट होलिडे ’

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएपनि संसोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण आजदेखि चालु आर्थिक वर्षकालागि विनियोजित बजेट निस्किृय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । 

२०७८ भदौ ३०

फलामे छड सम्बन्धी नीति गलत भए राजीनामा दिन्छु तर सच्याउँदिन : अर्थमन्त्री शर्मा

अघिल्लो सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट अस्वीकार गर्दै प्रतिस्थापन विधेयक मार्फत संसोधित नयाँ बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्माले यस बजेटमा समेटिएको फलामे छड सम्बन्धी नीति गलत भए आफुले राजीनामा दिने तर, नसच्याउने बताएका छन । संसोधित नयाँ बजेट सार्वजनिक भएपछि नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनमा आवद्ध फलामे छड उत्पकदक उद्योगी व्यवसायीहरु दुई पक्षमा विभाजित भई आ– आफ्ना स्वार्थका कुरा गरि अहिले आफुलाई नै विवादमा पार्न खोजेपछि अर्थमन्त्री शर्माले सरकारको बताउकालागि यस्तो बताएका हुन् । 

२०७८ भदौ २९

संशोधित नयाँ बजेटको प्रभाव ,फलामे डन्डीको विक्री र आयात रोकियो 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक गरेको संसोधित नयाँ बजेटमा असन्तुष्टी जनाउँदै नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले फलामे डन्डी, फलामजन्य सामग्रीको आयात तथा विक्री वितरण कार्य रोकेको छ । एशोसिएसनले सोमबार विज्ञप्ती जारी गर्दै फलामे डन्डी र फलामजन्य सामग्रीको भन्सार छुटाउने तथा विक्री वितरण कार्य रोकिएको जनाएको हो ।

२०७८ भदौ २८

संशोधित बजेटमा सरोकारवाला र निजी क्षेत्रको प्रतिक्रिया 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक गरेको संसोधित नयाँ बजेटमा सम्बन्धीत सरोकारवालाहरु एवं निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुले मिश्रित प्रतिक्रिया दिएका छन । उनीहरुले नयाँ बजेटका बारेमा आ–आफ्ना धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका हुन । केही सरोकारवालाहरुका अनुसार सरकारले ल्याएको संसोधित नयाँ बजेटले अब नेपालमा स्वदेशी बस्तु उत्पादनमुलक उद्योगको जग बसाउने लक्ष्य लिएको छ ।

२०७८ भदौ २८

करका दर चलाउँदा ८ उद्योगलाई फाईदा, २० वटा उद्योग मर्कामा

सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको संशोधित बजेटमा करका दर परिवर्तन गर्दा ८ वटा स्टील उद्योगलाई फाइदा हुने भएको छ भने २० वटा उद्योग संकटमा परेका छन् । सरकारले भइरहेको उद्योगहरुको विस्तार तथा स्थरवृद्धिको लागि उचित समय नदिई करका दर परिवर्तन गर्दा भइरहेका धेरै उद्योगहरु संकटमा पर्ने नेपाल स्टील रोलिङ मिल्स एसोसिएशनले जनाएको छ ।

२०७८ भदौ २८

बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयक मार्फत ल्याएको नयाँ संसोधित बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार नयाँ बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन ।

२०७८ भदौ २७

परिसंघले संशोधित बजेटको स्वागत ग¥यो 

नेपाल उद्योग परिसंघले अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको संशोधित नयाँ बजेटको स्वागत गरेको छ । आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने नीतिसहित चालू आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत नयाँ बजेट प्रस्तुत भएकोमा परिसंघले स्वागत गरेको हो ।

२०७८ भदौ २७

वार्षिक विवरण बुझाई कम्पनी नवीकरण गर्ने समय पुस मसान्तसम्म थपियो 

आर्थिक वर्ष २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनीहरूका लागि सरकारले आगामी पुस मसान्तसम्मको समय थप गरिदिएको छ । अघिल्लो सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ का लागि अध्यादेशमार्फत ल्याएको बजेट संसोधन गरी अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटले यस्तो सुविधासहित कम्पनी नवीकरण गर्ने समयावधि बढाइ दिएको हो ।

२०७८ भदौ २७

बजेटको आकार घटाइयो ,सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट 

प्रतिपक्षि दल नेकपा एमालेका सांसदहरुको तिब्र अवरोध र नारावाजीकाबीच सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको नयाँ प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटलाई अध्यादेश बजेट मार्फत प्रतिस्थापन गर्दै शुक्रबार पुनः नयाँ आकारको बजेट ल्याएका हुन् । उनले यसभन्दा अघिल्लो सरकारले गत १५ जेठमा अध्यादेश मार्फत ल्याएको बजेटको तुलनामा यो बजेटको आकार १६ अर्ब ७४ करोड रूपैयाँले घटाएका हुन् ।

२०७८ भदौ २५

निर्माण व्यवसायमैत्री कानून निर्माण गर्ने मन्त्री कार्कीको प्रतिबद्धता

कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधारको विकासलाई टेवा पुग्ने कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री कार्कीले यस्तो बताएका हुन ।

२०७८ भदौ २५

बजेटसम्बन्धी तीन विधेयक पारित

शुक्रबार बसेको संघिय संसद्को प्रतिनिसभाको बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । जसमध्ये सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको घोषणा गरेका छन् ।

२०७८ भदौ २५

क्रिप्टोकरेन्सीको कारोबार गैर कानुनी हो, प्रयोग नगर्नु : राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन जारी गरेको छ । पछिल्लो समय नेपालमा पनि बिटक्वाइन सहितका कैयौं क्रिप्टोकरेन्सीको कारोबार भइरहेको पाइएपछि राष्ट्र बैंकले यस्तो कारोबार नगर्न सम्बन्धीत सरोकारवालाहरुलाई निर्देशन जारी गरेको हो ।

२०७८ भदौ २५

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.