logo

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती पक्राउ

    912   पटक पढिएको


२० असार/अर्थ र व्यापार – राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष समेत रहेका उप्रेतीलाई प्रहरीले काठमाडौको बालाजुबाट बुधबार बिहान पक्राउ गरेको हो ।
सहकारीबाट ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् । पक्राउ पुर्जी जारी रहेकाले उनीहरू पनि हाल फरार छन् । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको थियो ।
उप्रेतीको नेतृत्वमा सहकारी संस्थामा समस्या आएकाले एमाले पार्टीको सचिवालयले उनलाई जिम्मेवारीबाट हटाएको नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागले जनाएको थियो ।
प्रहरी वृत्त महाराजगञ्जले अध्यक्ष उप्रेतीलाई बुधबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ । सो सहकारी संस्थाका अन्य सञ्चालक विरूद्ध पनि उजुरी परेकाले अहिले उनीहरूका विरूद्ध पक्राउ पुर्जी जारी भएपनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

केही समयअघि पक्राउ परेका अध्यक्ष उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार गरेको भन्दै गुनासो समेत गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)ले गत बैशाखमा आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर सहकारी क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।