logo

सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक: मन्त्री अधिकारी

    1012   पटक पढिएको


७ असार/अर्थ र व्यापार – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार प्रथम सहकारी रोजगार मेला २०२४ को उद्घाटन गर्दै उनले सहकारीहरू उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले समस्याहरू आएको भन्दै त्यसमा मन्त्रीको हैसियतले व्यवहारिक रूपमा समस्या समाधानमा लाग्ने बताए ।
‘सहकारी स्थापनाको उद्देश्य, लक्ष्य अनुसार सहकारीहरू चल्नैपर्छ । अहिले केही केही सहकारीहरूले उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले पनि समस्याहरु आएका छन्,’ उनले भने, ‘सबै कुरामा मन्त्रालय र मन्त्रीको तर्फबाट व्यवहारिक रूपमा समस्या समाधान गर्नका लागि कहाँ कस्तो किसिमको प्रयास गर्नुपर्छ, कुन बाटो हिँड्दा सहज हुन्छ भन्ने दिशातर्फ जानकालागि सरकार र म सधैँ तयार छु ।’
एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले सफलता प्राप्त गर्न नसकिने भन्दै मन्त्री अधिकारीले समस्या समाधानको लागि सहकारीमा भावनात्मक एकता कायम हुनुपर्ने बताए । ‘हाम्रो सहकारीमा पहिलो कुरा भावनात्मक एकता कायम हुनुपर्छ । एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले पनि सफलता हासिल गर्न सकिँदैन। सबैले उद्देश्य पूरा गर्ने भनेर लाग्ने हो भने पूरा हुन्छ’ उनले भने ।
तर सबैले मैले गर्ने मेरो लागि गर्ने भनेर लाग्ने हो भने कहिले पनि हुँदैन् । सबै वचनबद्ध भएर अगाडि बढ्ने हो भने सहकारीमा देखिएका सबै समस्याहरू हल हुने उनले बताए । रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने जुन भष्य निर्माण भएको छ । उनले त्यसलाई कम गराउनको मेला र प्रदर्शनले सहयोग पु¥याउने विश्वास लिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।