logo

फरार ढोरपाटनका मेयरसहित इमेज सहकारीका सञ्चालकलाई यात्रा अनुमतिमा रोक

    1145   पटक पढिएको


८ जेठ/अर्थ र व्यापार – बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ ।
गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको थियो । गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘अब ब्ल्याक लिस्टमा परेकाहरु हाम्रो इमिग्रेसन पार गरेर जान सक्दैनन्,’ भुसालले भने ।
सो सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको छ । मेयर नेपालीसहित सहकारीका पदाधिकारी केही दिनदेखि सम्पर्कविहीन छन् ।
ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् भने सहकारीमा धर्नासमेत दिइरहेका छन् ।
गत ५ जेठमा उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर नेपाली सम्पर्कविहीन बनेका थिए । एक महिनादेखि सहकारीले कारोबार नै बन्द गरेको छ ।
बचतकर्ताले आफ्नो रकम संकटमा परेको भन्दै महिना दिन अगाडि नै सहकारी घेरेका थिए । त्यो बेला अध्यक्ष नेपालीले अहिले देशैभरि आर्थिक संकट रहेको र जग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपालीसहित पदाधिकारी र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता त्रसित छन् । नेपाली विदेश जान सक्ने सम्भावना रहेकाले गृहले पत्राचार गरेर यात्रा रोक्न निर्देशन जारी भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सहकारीले १ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
बचत रकम फिर्ता नगरी सञ्चालक सम्पर्कबिहीन भएको भन्दै पोखराका बचतकर्ता पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी बोकेर पुगेका थिए । ‘बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै निवेदन दिएर गएका छन्,’ कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले भने, ‘महानगरपालिकाले पनि अनुसन्धान गरिरहेको छ ।’

पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले सहकारीको सम्पति रोक्का गर्न पठाइएको जानकारी दिए । बागलुङमा दुई महिना पहिलेदेखि नै यो समस्या बाहिर आएको भए पनि पोखरामा वैशाख २५ गतेतिर निवेदन आएको छ ।

वैशाख २८ गते देवकुमार नेपाली, पोखराका मेयर धनराज आचार्यसहित महानगरमा छलफल गरी सम्पति विवरण मगाएर रोक्का राख्न पठाइएको पौडेलले जानकारी दिए । तर, बचतकर्ताले त्यतिलेमात्र आफूहरुको रकम सुरक्षित नरहने बताइरहेका छन् ।
नेपालीसहित, श्रीमती छेला नेपाली, अहिलेका सञ्चालक र व्यवस्थापकसहित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सम्पति रोक्का गर्न पठाइएको पौडेलको भनाइ छ । भूमि व्यवस्थापन विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गरेर बल्ल महानगरमा जानकारी आउने पौडेलले जानकारी दिए ।
नेपाली, उनकी श्रीमती, सहकारीका पदाधिकारी तथा सञ्चालकको सबै सम्पति विवरण खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।