logo

राष्ट्रिय सहकारी बैंकको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक

    1380   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी १६ पुसमा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।
यसअघि आगामी ११ पुसकालागि पहिलो पटक निर्वाचन कार्य तालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैंकको वेबसाइट मार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको कार्यतालिका सार्वजनिक गरेको हो ।
सहकारी बैंकको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले यस्तो जानकारी गराएका हुन । निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी ५ देखि १८ पुससम्म निर्वाचनको समय तोकिएको छ ।
तालिका अनुसार आगामी ५ पुसमा मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारीपत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, आगामी ६ पुसमा उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ । यसैगरि, ७ पुसमा उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र १६ पुसमा सातै प्रदेशमा हुने इकाई सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको सो बैंकले जनाएको छ ।
यसैगरी, सोही दिन साँझ ५ बजे देखी मतपेटिका संकलन÷संग्रह, र मतगणना गर्ने, १७ पुसमा बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, १८ पुसमा बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र सोही दिन दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।
साधारणसभाबाट एक अध्यक्ष सहित खुल्ला सञ्चालक सदस्य (कम्तीमा ३ महिला सहित) ७ जना, प्रत्येक प्रदेशबाट एक÷एक जना सञ्चालक सदस्य (कम्तीमा २ महिला सहित) ७ जना गरी १५ जना सञ्चालक समिति र संयोजक सहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति (कम्तीमा एक जना महिला) अनिवार्य चयन हुनेछन् ।
सो साधारणभामा सहभागी हुनेहरुले गत ८ मंसिरसम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ÷संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।