logo

यूनाइटेड फोरम अफ बैंक यूनियनका कर्मचारीको आह्वानमा भारतमा बैंकका कर्मचारीको हडताल

    1639   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - भारतका ३० बैंकका १० लाख बढी कर्मचारीले आज दिनभर काम नगरी हड्ताल गर्ने भएका छन् । त्यसमा २१ सरकारी बैंक र ९ निजी बैंकका कर्मचारी रहेका छन् । उनीहरुले सरकारले अगाडि सारेको बैंकको मर्जरको विरोध गरेका छन् भने ज्याला वृद्धिको समेत माग गरेका छन् । यूनाइटेड फोरम अफ बैंक यूनियनका कर्मचारीको आह्वानमा सो हड्तालको आयोजना गरिएको हो । हड्ताल गर्नेमा ५ आधिकारिक यूनियन रहेका छन् । नेशनल अर्गनाइजेशन अफ बैंकर्सका उपाध्यक्ष अश्विनी राणाले पूराना निजी बैंकका कर्मचारी समेत हड्तालमा उत्रिएका छन् ।

त्यसमा फेडरल कर्नाटककाका करुर वैश्य, धनलक्ष्मी, लक्ष्मीविलाश बैंकका कर्मचारी समेत सामेल भएका छन् । सरकारी बैंकको मर्जरको विरोध तथा ज्याला वृद्धिको माग राख्दै कर्मचारीले हड्ताल गर्ने निर्णय लिएका हुन् । सरकारले बैंक अफ बडौदा, देना बैंक र विजया बैंकको मर्जर गर्ने निर्णय गरेको छ । कर्मचारी संघले त्यसको विरोध गरेका छन् । भारतीय बैंक एशोसिइसनले ८ प्रतिशत ज्याला वृद्धिको प्रस्ताव गरेको छ । तर कर्मचारी यूनियनले त्यसमा सहमति जनाएका छैन ।

नेशनल अर्गनाइजेशन आफ बैंकका कर्मचारीले बैंक आम नागरिकको पनि शेयर रहेको छ । त्यसकारण सरकारले कुनै निर्णय तत्काल लिन सक्दैन । उनीहरुले भनेका छन् हाम्रो माग सबैको सल्लाहबाट मात्रै सम्बोधन होओस् भन्ने हो । ज्याला वृद्धिको बारेमा जुन तर्क भारतीय बैंक एशोसिएसनले दिएको छ त्यो तर्क हामीलाई मन्जुर छैन ।कर्मचारी यूनियनले बैंकको नाफा कम हुनुको जिम्मेवार भारत सरकार र उसको नीति रेहेको बताएको छ । कर्मचारी ज्म्मिेवार। छैनन् सरकारले नै गलत निर्णय गरेका कारण त्यस्तो अवस्था आएको हो । हामीलाई उचित ज्याला दिइएको छैन, बैंक घाटामा गएको देखाइएको छ, त्यो हामीलाई स्वीकार्य छैन, उनीहरुले भनेका छन् । कर्मचारी यूनियनले एक हप्ता भन्दा कम समयमा नै दोस्रो हड्ताल गरेका हुन् । अल इन्डिया बैंक अफिर्सस कन्फेडेरेशनमा जोडिएका कर्मचारीले गत शुक्रबार पनि हड्ताल गरेका थिए ।

शनिबार, आइतबारको सार्वजनिक विदा परेको थियो । सोमबार बैंक खुलेका थिए । मंगलबार पुनः क्रिसमसको विदा भएका कारण बैंक पुनः बन्द भएको थियो । पछिल्लो ५ दिनमा १ दिन मात्रै बैंक खुलेको थियो । बैंक बन्द हुँदा लाखौं नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । नेपालमा पनि बैंक तथा वित्तीय संस्थाले न्यून तलबमा बैंकका कर्मचारीलाई काममा लगाउने गरेको पाइएको छ । त्यसकारण भारतमा जस्तै नेपालमा पनि कुनै न कुने बेला बैंक तथा वित्तीय संस्थामा विस्फोटक अवस्था आउन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।