logo

चीनको सिगात्से दिङ्गेमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ नाघ्यो, उद्धार कार्य जारी, काठमाडौ लगायत भारतसम्म ठुलो धक्का

    1063   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार – चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५० नाघेको छ ।
मंगलबार बिहानै ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएपछि अझै पनि स साना परकम्पहरु गइरहेका छन् । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ । चीनमा गएको भूकम्पले नेपाल र भारतसम्म ठुलो धक्का दिएर कम्पन भएको थियो।
सो भूकम्पका कारण चीनमा हालसम्म ५३ जनाको मृत्यु पुष्टि भएको त्यहाँको सञ्चारमाध्या महरुले जनाएको छ । अहिलेसम्मको उद्धारकार्यमा ६२ जना घाइते भएको भेटिएका छन्। सिगात्से दिङ्गे काउन्टीमा घरहरु भत्किएका छन्। सो भूकम्प प्रभावित क्षेत्रमा हाल २२ हजार राहतका सामग्री पठाइएको त्यहाँको सरकारले जनाएको छ । १ हजार ५०० जना उद्धारकर्मीहरु परिचालन गरिएका छन् ।
अहिले पनि दिङ्गेमा परकम्प जाने क्रम जारी छ । सो भूकम्पको प्रभाव नेपालको काठमाडौ लगायत धेरै जिल्लामा परेको छ । काठमाडौवासी भूकम्प आएपछि घरबाहिर निस्किएका थिए भने पूर्वि जिल्लाहरुका केही घरहरुमा सामान्य क्षति भएको सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।